Logo

तीन दशकपछि अशोक स्तम्भ संरक्षण



कपिलवस्तु, १२ चैत। यहाँका महत्वपूर्ण पर्यटकीयस्थलमा पर्ने कनकमुनि बुद्धको जन्मस्थलमा रहेको अशोक स्तम्भको तीन दशकपछि संरक्षण गरिएको छ ।

सदरमुकाम तौलिहवादेखि सात किमी उत्तरमा पर्ने निग्लिहवामा रहेको अशोक स्तम्भ दुई टुक्रामा विभाजित भई भुइँमा लडेको थियो ।

त्यसलाई धेरै समय पछि लुम्बिनी विकास कोषले करिब ३० लाख लगानीमा एक वर्ष लगाएर सुन्दर आकर्षक र परम्परागत शैलीमा छाना सेड निर्माण गरी संरक्षण गरेको हो ।

तौलिहवा–जितपुर खण्डमा पर्ने अशोक स्तम्भलाई संरक्षण गरेर रङ लगाएपछि आकर्षक भएको छ । त्यसको संरक्षण गर्न कोषले तीन सुरक्षाकर्मी पनि राखेको छ । उनीहरू दिनरात खटिरहन्छन् ।

निग्लिहवा कनकमुनि बुद्धको जन्म तथा नेटल टाउनका रूपमा इतिहासमा चर्चित छ । लुम्बिनी हुँदै आउने पर्यटक तिलौराकोट पछि यहाँको अवलोकन गर्ने गर्छन् ।



प्रतिक्रिया दिनुहोस्