Logo

जनश्रमदानमा मन्दिर पुनःनिर्माण



पाल्पा, १३ चैत । पाल्पाको रम्भा गाउँपालिका– २ फोक्सिङकोटको कोटथरमा रहेको रम्भादेवी मन्दिर पुनःनिर्माण भएको छ ।

जीर्ण अवस्थामा रहेको मन्दिर गएको वर्षात्मा मन्दिर नजिकै रहेको बरको रुख ढलेर भत्किएको थियो । यहाँका स्थानीयवासीको जनश्रमदानमा मन्दिर पुनःनिर्माण भएको छ ।

स्थानीयवासीको रु ५० हजार २२१, गाउँ विकास कोषबाट रु ६५ हजार पाँच, स्थानीयको जनश्रमदानबाट रु ६६ हजार तथा अन्य स्रोतबाट छ हजार पाँच गरी जम्मा एक लाख ८७ हजार २३१ को लागतमा मन्दिर पुनःनिर्माण गरिएको स्थानीय युवा योगेन्द्र पाँडेमगरले बताउनुभयो ।

मन्दिर निर्माण भएपछि यस भेगका भक्तजनलाई पूजा गर्न सजिलो भएको स्थानीयवासी एवत सारुले बताउनुभयो । रासस



प्रतिक्रिया दिनुहोस्