काठमाडौं, १५ चैत । मौलिक पहिचान र विराट अस्तित्वले सिङ्गारिएको विधा हो लोक तथा दोहोरी गीत । यस क्षेत्रमा लागेर आफ्नोसँगै लोक तथा दोहोरी गीत विधाको संरक्षण गर्ने कलाहरुको संख्या थोरै छैन् धेरै छ । तर जानेर बुझेर दिगो रुपमा कलालाई माया गर्ने थोरै हुन्छन् । लोक गीतका भाकाहरुबाटै पिरतीको डोरी बाँध्ने कलाकारहरु वास्तवमा फरक जीवन बाँचिरहेका हुन्छन् ।
दर्शकलाई हसाँउनु, रुवाउनु, अरुको जिन्दगीसँग भावनात्मक रुपमा बाँच्नु कलाकारहरुको दैनिकि जस्तै हो ।
भनिन्छ कलाकारहरु समाजका ऐना हुन । ऐनामा जीवन भोगाईका अनेक रंगहरु देख्न र भोग्न पाईने कलाकार बताउछन् । पछिल्लो समयमा कलाकारहरुलाई समाजले हेर्ने दृष्टिकोणमा केही फेर बदल भएको अवश्य पनि हो । जब व्यवसायिक रुपमा कलाकारहरुले गीतलाई लिन्छन अनि शुरु हुन्छन अनेक प्रकारका बाधाहरु ।
कलाकारिताको यात्रामा लागेर कला संस्कृतिको संरक्षण र सम्वद्र्धनमा लागेकी एक प्रतिभाशाली गायिका हुन अमृता लुङ्गेली मगर । काभ्रे जिल्लाको महाभारत गाउँपालिकामा आमा मैया लुङ्गेली मगर अनि बाबा दिल बहादुर मगरको कान्छि सन्तानको रुपमा यस धर्तिमा जन्मेकी अमृता लुङ्गेली मगर २०५७ साल देखि गीत गाउन थालेकी हुन ।
उनले आजका दिनसम्म १ सय ५० भन्दा बढि गीतहरुमा सुमधुर आवाज दिई सकेकी छन् । घर परिवारको सफल साथ पाएकी गायिका मगरले आवाज दिईएका सयौ गीतहरु मध्य ‘के होला शुभ नाम’ बोलको गीत सबै भन्दा बढि रुचाईएको गीत हो । मधुर गिरीको लय तथा शिव हमालको शब्द रहेको उक्त गीतले अमृतालाई सफलताको सिढिमा चढ्नको लागि ठूलो भूमिका खेलेको स्विकार गर्छिन् ।
त्यस्तै उनले स्वर दिएका साली भिना, ड्रालिङ, तिम्रो पोल खोलिदिन्छु, दिलको ढोका, हुन्छ हुन्न, यो मन उर्लिआछ, लगायत सालै जो, दर्जनौं तीजका भाकाहरु पनि उत्तिकै लोकप्रिय छन् ।
हजारौं कलाकारहरुको भिडमा फरक पहिचान बनाउन सफल गायिका मगर आजको दिनसम्म विवादमा नआएकी गायिका हुन । चल्न कै निम्ति अनेकन गर्ने गरेका कलाकारहरु पनि भेटिन्छन् ।
स्वास्थ्यले साथ दिएसम्म यसै क्षेत्रमा लागिरहने बताउने गायिका मगर कलाकारहरुले कलाको सम्मान र आर्दशलाई बुझुपर्नेमा जोड दिन्छन् । कलाकारहरु नै आफ्नो अस्तित्वलाई अस्तव्यस्त बनाएर हिड्न नहुने उनको सुझाव छ ।
प्रेम जीवनको क्रिडाका रुपमा लिने गायिका मगर प्रेम पिडामा परिणत हुनु दुःखत र चिन्ताको रुपमा लिनुपर्ने बताउछन् । प्रेम जीवनको महत्वपूर्ण पाटो हो । गायिका मगर अघि थप्छिन् यसले जीवनको आकारलाई सुन्दर देखाउने काम गर्छ । आफन्त साथीभाई, जीवजन्तु तथा निर्जिव वस्तुमाथिको प्रेमलाई जीवनटाढा राख्नु हुँदैन भन्ने मान्यता राख्छ ।
उनी आजको दिनमा देश तथा विदेशका स्टेज कार्यक्रममा निक्कै व्यस्त छन् । यूके, हङ्कङ्ग, सिंगापुर, जापान, द.कोरिया, दुवई, ओमान, मेलेसिया लगायत आधा दर्जन भन्दा बढि देशमा घुमफिर तथा सांगितिक प्रस्तुतिहरु दिईसकेकी छन् ।