धनराज वास्तविकः
काठमाडौं, १६ चैत । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको आयोजना तथा अर्ना वियर र सिटिमनि ट्रान्सफरको प्रायोजनमा चलिरहेको खुल्ला लोक तथा दोहोरी गीत प्रतियोगिता भोलिसम्म चल्ने छ ।
चैत १३ देखी १७ गतेसम्म चल्ने दोहोरी गीत प्रतियोगीताको आज चौथो दिन भव्य रुपमा सफल भएको आयोजकले जानकारी दिएको छ । ‘सबैको रहर प्रतिष्ठानको आफ्नै घर’ भन्ने मूल नाराकासाथ शूरु गरिएको प्रतियोतामा लोक पारखीहरुको बाग्लो उपस्थिति रहेको छ ।
कलाकाहरुको भव्य मेलाको रुपमा लिईएको उक्त प्रतियोगीतामा देश भरिबाट दर्जनौं समुहले भाग लिएका छन् । आज सम्पन्न प्रतियोगीतामा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान स्याङ्जा र प्रतिष्ठान दाङबीच भएको दोहोरी खेलमा प्रष्ठिान स्याङ्जा विजयी भएको छ ।
त्यस्तै पृथ्वी ईन्टरटेनमेन्ट र झुम्के बुलाकी दोहोरी साँझबीच भएको दोहोरी खेलमा झुम्के बुलाकी दोहोरी साँझब पछि परेको छ ।
आजै सम्पन्न पूर्णीमा दोहोरी साँझ र सिरफूल दोहोरी साँझबीच भएको दोहोरी खेलमा सिरफूल दोहोरी विजयी भएको छ । प्रष्ठिान गण्डकी र राजधानी दोहोरी साँझबीचमा भएकाृे दोहोरी खलेमा राजधानी दोहोरी साँझले बाझि मारेको छ ।
नगरकोट दोहोरी साँझ र निरमाया दोहोरी साँझबीचमा भएको दोहोरी घम्साघम्सीमा निरमाय पछि परेको छ । उता गामवेसी दोहोरी साँझ र बागमति दोहोरी साँझबीचमा भएको दोहोरी गीत प्रतिष्पर्धामा गामवेशीले विजयी हासिल गरेको छ ।
त्यस्तै सयपत्रि दोहोरी साँझ र गोदुली दोहोरी साँझबीच भएको प्रतिष्पर्धामा सयपत्रि विजयी भएको छ । आज भएका सबै खेलहरु सेमि फाईनल खेल भएको आयोजकले जानकारी दिएको छ ।
तस्बिर-मुकुन्द कालिकोटे