Logo

प्रचण्डलाई बद्री पंगेनीले भने,‘काम गर्न सक्नु भएन भने हामीलाई माक्स किनि दिनुहोला’



धनराज वास्तविक: काठमाडौं, १८ चैत । चर्चित गायक बद्री पंगेनीले पूर्व प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जनताको भावना अनुसार काम गर्न आग्रह गरेका छन् ।

राजधानीको प्रदर्शनि मार्ग स्थित सभागृहमा रिपोर्टर्स क्लब नेपालको २० औं वार्षिकोत्सवमा बोल्दै गायक पंगेनीले यस्तो आग्रह गरेका हुन ।

उनले भने,‘अघि बढ प्रचण्ड जनता साथमा छ, हाम्रो देशको भविष्य तिम्रै हातमा छ, मैले यहि गीत गाएको थिए, जनताले तपाईलाई विजय गरेका छन्, मैले बाँकि दिनहरुमा अभावका गीहरु, विरहका भाकाहरु, बाटो नपुगेका, जनताले दुःख पाएका गीतहरु गाउन नपरोस, यदि तपाईले काम गर्न र जनताको भावना अनुसार अघि बढ्न सक्नु भएन भने म यति भन्छु वामपन्थीलाई भोट हालेका जनतालाई माक्स किनिदिनु होला मुख छोपेर हिड्ने छौं ।’

जनताले दिएको जनमतको उच्च सम्मान गर्नबाट जोगिनको लागि यतिभित्र पुगेर सचेत गराएका गायक पंगेनीले अथिति रोहमा बसेका माओवादी केन्द्र अध्यक्ष प्रचण्डलाई सम्बोधन गर्दै ‘एउटा प्रकाशको दियो निभेपनि लाखौ प्रकाशहरु तपाईकै साथमा छन्’ भनेर गीत गाएका थिए ।

उक्त गीत गाउँदै गर्दा प्रचण्ड भाबुक बनेका थिए भने कोही कोही दर्शकहरुका आँखा रसाएका थिए । केही समय पहिले प्रचण्डका एकमात्र पुत्र प्रकाश दाहालको हृदृयघातको कारण दुःखद निधन भएको थियो ।

पंगेनीले कार्यक्रममा क्लबका अध्यक्ष ऋषि धमलाको खुलेर प्रसँशा गरे । उनले भने,‘ऋषि धमला जत्तिकै खटेर पत्रकारीता गर्ने हो भने सबै जनताका दुःख, अभाव सबै कुरा राज्यसम्म पुग्छन् ।



प्रतिक्रिया दिनुहोस्