Logo

कलाकारिता देखि राप्ती अवार्डसम्म देवराज



दाङ, १९ चैत । जिल्लाको सलौरामा जन्मिएका देवराज आचार्य छायांकनको कार्यमा ब्यस्त छन् । स्माइल फोटो स्टुडियोबाट क्यामेरा हुदै देवराजले कृष्ण फिल्म्सबाट आफ्नो करियरको सुरुवात गरेका हुन् ।

उनि वैदेशिक रोजगारीका लागि भारतसम्म पुगे तर आफ्नै देशमा केहि गर्छु भन्ने अठोटका साथ देश फर्केर यो पेशा अंगालेका हुन् ।

दाङमा रहेको युनिक फोटो स्टुडियोबाट क्यामेरा चलाउन सिकेका देवराज कलाकार बन्ने सपना बोकेर २०६५ सालमा राजधानी छिरेका थिए ।

देवराजले छायांकनका साथै अहिले अभिनय पनि सुरु गरेका छन् । बागबजारमा अफिस नै खोलेर उनी यो क्षेत्रमा झन् क्रियाशील हुदैछन ।

उनी नेपालको करिब ६३ जिल्ला पुगी सकेका छन । सुरुमा काम गर्न निकै अप्ठ्यारो भए पनि आफूले मिहिनेत र लगनका साथ यो पेशामा काम गरेको देवराज बताउँछन् ।

हाल देवराजले एकसय भन्दा बढी गीतहरु छायांकन गरिसकेका छन् भने उनी आफैले पनि सात वटा गीतमा अभिनय गरिसकेका छन् ।

प्रमोद खरेल, रामकृष्ण ढकाल र अन्जु पन्तको गीतमा अभिनय गरेका देवराजले दिपक लिम्बुको गीतमा पनि अभिनय गरिरहेका छन् ।

अभिनय गर्न सजिलो नभएको बताउँदै उनले आफ्नो रहरलाई पूरा गर्न यो क्षेत्रमा जति दुःख भए पनि आफूले राम्रै गरेर देखाउने बताउँछन् ।

उनी प्रमोद खरेलको गीत को हो आफ्नोमा अभिनय गरेर राप्ती अवार्डको नव प्रतिभा सेसनमा टप फाईपमा समेत मनोनयन भएका छन । उनलाई भोट गर्न : मेसेज बक्समा गएर RMA type गरि १ space  छोडी 12B लेखि 34343 ma send सकिन्छ ।



प्रतिक्रिया दिनुहोस्