Logo

रौतहटमा हतियार सहित सहनी पक्राउ



अभिमनु कुमार पटेल

रौतहट, १९ चैत । रौतहटमा दिन प्रतिदिन अपराधी घटनाहरु घट्न थालेका छन । रौतहट प्रहरीले फेरि अबैध हतियार सहित एक जनालाई पक्राउ गरेको छ ।

बिशेष सुराकीको अधारमा स्थानीय गौर नगरपालिका वडा नम्बर ४ टिकुलिया टोलका ५० बर्षिय जोगेन्द्र सहनीलाई अवैध हतियार सहित झुनखुन्वाबाट प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय गौरबाट प्रहरी नायव निरीक्षक रुद्र कँडेलको कमाण्डमा खटिएको प्रहरी टोलीले यमुनामाई गाउँपालिका–५ झुन्खुनवा चौकबाट एक थान कटुवा बन्दुक र एस एल अार तिन राउण्ड गोलीसहित सहनीलाई नियन्त्रणमा लिएको प्रहरी निरिक्षक तथा स- प्रवक्ता मनोज यादवले जनाएको छ।

हिजो राति करिव ९ बजे सहनीले माछा बिक्री गरि अाफ्नो घर अाउँदै गर्दा झसन्खुन्वा बजारबाट सहनीले चढेको बीआर ०५ ई २६०१ नम्बरको प्लाटिना मोटरसाईकल प्रहरी टोलीले नियन्त्रणमा लिएर चेकजाँच गर्दा मोटरसाइकलमा प्लास्टिकमा बेरेर राखेको कटुवा पेस्तोल र गोली बरामद गरी सहनी माथि थप अनुसन्धान भईरहेको प्रवक्ता यादवले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्