काठमाडौं, २० चैत । आगामी शुक्रबार भारत भ्रमणमा निस्कन लागेका प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमण टोलीमा दुई नेपाली कलाकार पनि सहभागी हुने भएका छन् ।
केही दिन अगाडि राजधानीमा आयोजित दोस्रो फान अवार्डमा ओलीले पहिलो पटक प्रधानमन्त्रीको भारत भ्रमणमा नेपाली कलाकारलाई सहभागी गराउने उद्घोष गरेका थिए ।अभिनेता राजेश हमाल र निर्देशक तथा कलाकार दिनेश डिसीलाई प्रधानमन्त्री ओलीले आफ्नो राजकिय भ्रमणमा सहभागी गराउने भएका छन् । प्रधानमन्त्री कार्यालय बालुवाटारबाट यसको औपचारिक पुष्टि भएको छ ।
भारत भ्रमणको क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले बलिउडका चर्चित कलाकारसँग चैत २४ गते डिनर गर्ने कार्यक्रम समेत तय भएको छ । उनले त्यहाँ नेपालमा सुटिङमा आउनका लागि भारतीय कलाकारलाई आग्रह गर्नेछन् । ओलीको भ्रमण चैत २३, २४ र २५ गते हुने जनाएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री ओलीले भारत भ्रमण गर्न लागेका हुन् ।
महानयक राजेश हमाले प्रधानमन्त्री ओलीको भ्रमणका क्रममा भारितिय सुपर स्टार अमिता वचन , सलमान खान, रनविर कपुर लगायतका कलाकारहरुलाई भेट्ने सोच बनाएको एक सुत्रले जानकारी दिएको छ ।