Logo

आमाले दिईन मृगौला, गायिका जलजलाले पाईन नयाँ जीवन



काठमाडौं, २० चैत । लामो समय देखि उपचार गरीरहेकी सुमुधुर आवाजकी धनी गायिका जलजला परियारको स्वास्थ्यमा सुधार आएको चिकित्सकले जानकारी दिएका छन् ।

जलजला मृगौला रोगले मृत्युको मुखमा पुगेकी थीइन। उनको लागि कलाकारको टिमले जलजला बचाउ अभियान पनि सुरु गरेको थियो । सबैले आ–आफ्नो ठाउँबाट सक्दो सहयोग गरेर उनको जीवनले चोला फेरेको हो ।

अस्पतालको खर्च समेत तिर्न धौधौ भयको थियो । अन्ततः उनकै आमा जुनु परियारले जलजलालाई मृगौला दिएपछि नयाँ जीवन पाप्त गरेकी हुन । मृगौलाको सफल प्रत्यारोपण पछि उनको मुहारमा मन्द हाँसो फर्किएको छ । मिठो गीत गाउने जलजलाले थुप्रै गीतहरु गायकी छन् । उनको आवाज चलचित्रमा पनि सुन्न पाईन्छ ।

जलजलाको स्वर रहेको बाटो मुनी २ को एउटा गीत-



प्रतिक्रिया दिनुहोस्