Logo

नुवाकोटमा सचेतना मुलक अन्तरकृया कार्यक्रम सम्पन्न



नुवाकोट, २० चैत् । जिल्ला प्रहरी कार्यालय नुवाकोटले जबरजस्ती करणी अपराध अनुसन्धान तथा नियन्त्रण अभियान सचेतना मुलक अन्तरकृया कार्यक्रम सम्पन्न गरेको छ । नुवाकोट जिल्ला अदालतका श्रदेय श्रीमान न्यायधिश लोकजंग शाहको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो । नुवाकोट

जिल्लाका समन्वय समितिका प्रमुख सन्तमान तामाङ, नुवाकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी बिरेन्द्र कुमार यादव, बिदुर नगरपालिकाको मेयर सन्जु पण्डित, जिप्रका नुवाकोटका प्रमुख प्रउ बसन्त बहादुर कुँवर, बिदुर तथा बेलकोटगढी नगरपालिकाका उप–मेयर, गाउपालिकाका प्रमुख, उप–प्रमुखहरु, जनप्रतिनीधीहरु, महिलासँग समबन्धित संघ–सस्थाका व्यक्तिहरुको उपस्थिति थियो ।

त्यस्तै कार्यक्रममा कानुनविध, स्वाथ्य कर्मी तथा चिकित्सक, समाजसेवी,सामुदायीक प्रहरी सेवा केन्द्र, पत्रकार गरी अन्दाजी ७५ जनाको उपस्थितीमा उक्त अन्तरकृया कार्यक्रम सम्पन्न भएको हो।



प्रतिक्रिया दिनुहोस्