विश्वनाथ सिम्खाडा: कालिकोट, २३ चैत । जिल्ला प्रहरी कार्यालय कालिकोटले ज्यान मार्ने अभियोगको किटानी जाहेरी मुद्धा नबुझेको भन्दै मृतकका आफन्तले आपत्ति जनाएका छन् ।
२०७३ साल साउन १४ गते राती मदिरा सेवन गराएर रक्सीको बोतलले ठाउकोमा प्रहार गरी आफ्नो छोराको ज्यान लिएको भन्दै मृतक सत्य टमटाका बुबा, दाजु र काकाले जिल्ला प्रहरी कार्यालय कालिकोटमा किटानी जाहेरी गर्न आउदा प्रहरीले पुरानो घटना भएको भन्दै दर्ता नगर्न नमानेको पीडितले बताएका छन् ।
घटना २०७३ साल साउन १४ गते रातीको अन्दाजी ९ बजेको हो । १३ गते रास्कोट नगरपालिका वडा नं १ साविकको सिपखाना ३ बस्ने पिडक २२ वर्षिय रमेश टमटा, १९ वर्षिय कृष्ण टमटा र मृतक सत्य टमटा फुकोटका प्रभाकर बरालको जिते बजारबाट जस्तापाता लिन भनि घरबाट आएका थिए ।
उनीहरु जस्ता पाता बरालको घरमा पुर्याएर स्थानिय आरसिपि बजारको एक होटलमा मदिरा सेवन गरेको र त्यस पछि रातीको समयमा घर तर्फ जादै गर्दा बिचबाटोमा विबाध भएको थियो । बोतल प्रहार गरेर सत्य टमटाको हत्या गरेको ८ महिना पछि कुरा खुलेको मृतकका काका ग्यालजने टमटाले बताए ।
उनले पत्रकार सम्मेलनमा घटनाको बेलिबिस्तार गर्दै घटना पछि २०७४ सालको वैशाख महिनामा मृतककी श्रीमतीलाई भारतबाट फोन गरेर तिम्रो श्रीमानको जस्तै अवस्था बनाउने भन्दै धम्की दिएका थिए । उनले जे भन्यो त्यो मान्छौ या मान्दैनौ भन्दै धम्कि दिएका थिए ।
त्यस पछि घर परिवारमा त्यो कुरा फैलदै गयो । घर परिवारले घटना हुने दिनमासंगै रहेको कृष्ण टमटालाई सोधिखोजि गर्न थाले कृष्णले पनि घटना भएको रमेश टमटाले नै मारेको स्वीकार गरे । घटना खुल्दै जादा घर परिवारले २०७४ साल कार्तिक २२ गते प्रहरीमा ठाडो उजुरी दिए । उजुरी पछि प्रहरी चौकी मुम्र्राले घटनाको अनुसन्धानका लागि भन्दै कृष्णलाई प्रक्राउ गरी जिल्ला प्रहरी कार्यालय कालिकोटमा ल्यायो ।
जिल्ला प्रहरी कार्यालय कालिकोटले केही दिन राख्यो र हालका कर्णाली प्रदेशका मुख्य मन्त्रीको सामान्य कुरामा पछि छलफल गर्ने र अहिले चुनावका बेला प्रहरी फोर्स पनि बिकेन्दीत हुने भन्दै उसलाई छोडियो ।
त्यसमा प्रहरी प्रमुख सुवाचन्द्र बोहरा पनि सहमत भएको पिडित पक्षको भनाई छ । चुनाव सकिए लगतै म्यादी प्रहरीको मृत्युको घटनाले जिल्लामा द्धन्द्ध बढ्दै जादा उनीहरुले फेरी प्रहरीलाई भनेन् । प्रहरीले पनि हामी खबर गर्छां, त्यती बेला किटानी दिनु होला भनेर पठाएको आश्वासन मै घर पठाएको पीडितले दाबि गरेका छन् । घटना खुल्न सक्ने भएकाले रमेश टमटाले आफ्नै अर्का साथी कृष्ण टमटालाई दार्चुला काममा गएका बेला राती सुतेको बेलामार्न खोजेको पनि उनीहरुको आरोप छ ।
हाल आएर योे घटनाको पुष्टि गर्दा पनि प्रहरीले प्रहरी मुचुल्का छैन् । मुद्धा दर्ता गदैन, जाहाँ जान्छौ जा भन्दा न्यायका लागि पत्रकार र नागरिक समाजलाई दवाफका लागि आग्रह गर्न लोको बताएका छन् । पत्रकार सम्मेलनमा बोल्दै मृतकका दाजु धर्मराज टमटाले भाईलाई मारेको पिडाले आमाको हृदयघात भएर मृत्यु भएको सुनाए ।
प्रहरीले पहिला चुनावको अवस्था भन्दै मुद्धालाई कम्जोर पार्न खोजेको र पछि चैत्र ७ गतेबाट फेरी किटानी दिन आउदा पटक पटक समय दिदै भोली प्रर्सि दर्ता गरौला भन्दै अन्तीम समय चैत्र १८ गते प्रहरी प्रमुख डिएसपी सुवाचन्द्र बोहराले दिए पनि उक्त दिन मुद्धा दर्ता हुँदैन भन्दै अदालतमा जाउ भनि फर्काएको उनले बताए ।
मृतकका बुबम देउमले टमटाले छोराको मृत्यु भएको दिन मै छोरा आफै मरेको नभएर मारिएकाले प्रहरीमा खवर गर्न भनेको बताए । तर मार्ने पक्षका आफ्न्तले यस्तो कुरा नगर्नु मिल्ने साथीले पनि मार्न सक्छन भन्दै उनलाई हप्काएर दास संस्कार गर्न लगाएको जानकारी दिए ।
स्वयम टमटा पनि आफु शंङ्का लागेर भनेको तर सबै गाउलेहरुले होइन भन्दै छोराको हत्यारालाई बचाएको बताए । उनले भने,‘छोरालाई मारेको पिडाले श्रीमतिको मृत्यु भयो, छोराको मृत्यु पछि बुहारी घर बस्ने सम्भावना भएन, मेरो त घरमा तीन जनाको मृत्यु भएको छ, यस्तो अन्यायमा पछि न्याय अझ आफुले नपाउनु कस्तो लोकतन्त्र हो ?’
पत्रकार सम्मेलनमै भावुक बनेका आफ्न्तका आँखामा आँसु रसाएका थिए । मृतकका काका ब्यासि टमटाले आफ्नो जाहेरी पटक पटक मिलेन भन्दै सच्चाउन लगाएको र अन्ततः मुद्धा दर्ता गर्न नमानेको दुखेसो पोखेका छन् ।
उता प्रहरीले मुद्धा दर्ता गर्न नमाने पछि उनीहरु प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा समेत गए । प्रजिअले डिएसपीसंग सल्लाह गर्ने आश्वासन दिए । तर अन्ततः प्रमुख जिल्ला अधिकारीले मुद्धा दर्ता गर्ने कुनै पनि कानुनी व्यवस्था छैन् भन्दै फिर्ता पठाएको उनीहरुको आरोप छ ।
प्रहरीले पनि आफ्नो कुनै मुचुल्का नभएको भन्दै दर्ता गर्न मिल्दैन भन्दै पन्छीरहेको बुझिएको छ ।