Logo

माधव नेपाल र नारायणकाजीले हेरे चलचित्र ‘शत्रु गते’



काठमाडौं, २४ चैत । चलचित्र ‘शत्रु गते’ले तेस्रो सातामा आफ्नो प्रदर्शन आरम्भ गरेको स्थितिमा पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल र माओवादीका नेता नारायण काजि श्रेष्ठ समेतले हेरेका छन् ।

गत चैत्र ९ गतेबाट प्रदर्शनमा आएको यस चलिचत्रले तेस्रो सातामा प्रवेश गर्दा ८ करोड भन्दा बढीको ग्रस कलेक्सन गर्न सफल भएको छ । चलचित्र ‘शत्रु गते’ दर्शकले मात्र होइन देशका राजनीतिज्ञहरुले पनि उतिक्कै रुचाएका छन् । एकपछि अर्को गर्दै विभिन्न पार्टीका नेताहरु हलमा चलचित्र हेर्न जाने क्रम बढिरहेको छ ।

राजधानीस्थित बागबजारमा रहेको सिटी म्याक्स हलमा उनीहरुसँगै एमाले पोलिटब्युरो सदस्य पशुपति चौलागाईं, बेदुराम भुषाल, एमाले केन्द्रिय विभाग सदस्य रामेश्वर श्रेष्ठले पनि चलचित्र हेरेका हुन् ।

‘जात्रा’का डेब्यु निर्देशक प्रदीप भट्टाराईले निर्देशन गरेका हुन् । यसमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, किरण केसी, दीपकराज गिरी, दीपाश्री निरौला, पल शाह, प्रियंका कार्की, आँचल शर्मा, राजाराम पौडेल लगायतको अभिनय रहेको छ ।



प्रतिक्रिया दिनुहोस्