Logo

पक्राउ परे प्रदेशसभा सदस्य दीपक मनाङे



काठमाडौं ७ बैशाख । फरार अभियुक्त दीपक मनाङे (राजीव गुरुङ) पक्राउ परेका छन् । प्रहरी परिसर काठमाडौंको टोलीले बिहीबार साँझ स्वयम्भूको तीनधारास्थित घरबाट गुरुङलाई पक्राउ गरेको हो ।

काठमाडौं परिसरका एसएसपी विश्वराज पोखरेलले मनाङे पक्राउ परेको पुष्टि गरे । उनका अनुसार करिब राति साढे ८ बजे परिसर ल्याइपुर्‍याएको छ । पक्राउ परेका गुरुङ हिमाली जिल्ला मनाङको प्रदेश (ख) बाट स्वतन्त्र उम्मेदवार बनेर प्रदेशसभा सदस्य निर्वाचित भएका थिए । उनले सांसदको शपथ समेत लिएका छैनन् ।

गत माघमा सर्वोच्च अदालतले ज्यान मार्ने उद्योगमा मनाङ्गेलाई ५ वर्ष जेल सजाय गर्ने तत्कालीन पुनरावेदन अदालतको फैसला सदर गरेपछि उनी फरार थिए। ज्यान मार्ने उद्योगमा दोषी ठहर गर्दै २०६९ सालमा तत्कालीन पुनरावेदन अदालत पाटनले मनाङेलाई ५ वर्ष जेल सजाय सुनाएको थियो।



प्रतिक्रिया दिनुहोस्