Logo

बंगलादेशमा नेप्लिज मेडिकल स्टुडेन्ट्स एसोसिएसन २०१८ को अध्यक्षमा यादव



काठमाण्डौ, १० बैशाख । बंगलादेशस्थित् नेप्लिज मेडिकल स्टुडेन्ट्स एसोसिएसनले २०१८ का लागि कार्यसमिति गठन गरेको छ । नेपालबाट बंगलादेश मेडिकल अध्ययनका लागि जाने गरेका नेपाली बिधार्थीहरुको हकहितका लागि उक्त समिति गठन गरिएको हो ।

नेपाली बिधार्थीहरुकाबीच रहेका समस्याहरुलाई प्राथमिकतामा राखी कार्ययोजना बनाएर आगाडी बढने संस्थाका अध्यक्ष नविन यादवले बताएका छन् ।

उनले भने ‘बर्षेनी हजारौ बिधार्थिहरु डाक्टर बनेर समाज र देशको सेवा गर्ने सपना बोकेर मेडिकल शिक्षा अध्ययनका बंगलादेश आउने गरेका छन् । डाक्टर बन्ने दृढ इच्छाशक्ति बोकेर मेडिकल पढ्न आउने गरेका नेपालीहरु अनेकौ समस्या एवम् चुनौतीका सामना गरीरहेका हुन्छन् ।

बिदेशमा रेहर मेडिकल अध्ययन गरीरहेका बिधार्थीहरुको समस्याको बारेमा सम्बन्धित निकायले कुनै चासो दिएको छैन् ।यो हाम्रो लागि दुखत कुरा हो । सबै भन्दा दुखत र लजास्पद कुरा के हो भने बगलादेश वा अन्य कुनै देश अध्ययनका लागि गएका नेपालीहरु बिच नै एकता छैन् जसले गर्दा हामीलाई अझै बढी समास्याहरुको सामना गर्नु परेको छ ।’

अब यस्ता समस्याहरुको समाधानका लागि एक ढिक्का भएर अगाडी बढने अध्यक्ष यादवले जानकारी दिए । छिटै नै बगलादेशका बिभिन्न ठाउँहरुमा पनि संगठन बिस्तार गरेर लैजाने अध्यक्ष यादबको भनाइ रहेका छ ।

उक्त कार्य समितिमा नबिन यादव, शिव शंकर साह, रमन कार्की, जुनैद अहमद ,सर्बग्यालाल प्रधान, लोकेश्वोर चौरसिया, अंकिता पालिखे, श्रेष्मा देबकोटा, नताशा भट्टराई , न्यान्शी साह, श्वेत शर्मा ,राधा खड्का, जेनिया राई रहेका छन् भने ढाका डिभिजन कार्यसमितिमा अप्सरा घिमिरे,सुनिल रौनियार,रिजवान ओबैद खान,अभिषेक पाण्डे, रितेश ठाकुर, ब्रोमिषा बुढाथोकी, प्रकाश यादब, शोभा पाण्डे एवं सरु योना महर्जन रहेका छन् । त्यसै गरि, सल्लाहकारमा मनिष रेग्मी,संजय साह एवं बिनिता अधिकारी रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्