Logo

साया र नेत्रको अभिनयमा ‘कहाली’-भिडियो सहित



काठमाडौं, ११ बैशाख । लोक तथा दोहोरी गीतको क्षेत्रमा फरक पहिचान बनाउन सफल गायक हुन नेत्र भण्डारी । उनले दर्जनौं गीतहरुमा समुमधुर स्वर भरेका छन् । उत्तिकै रुपमा संगीत पनि ।

लोक तथा दोहोरी मात्रै नभएर आधुनि गीत र गजलमा पनि संगीत भरेर आफूलाई कुशल संगीतकारको रुपमा प्रमाणित गरेका छन् । केही समय उनले नै स्वर दिएको ‘हार्दिक श्रदाञ्जल’ लोक दोहोरी गीतले खुब लोकप्रियता पाएको थियो । उक्त गीत बङगला देशबाट उडान भरेको विमान काठमाडौंमा दुर्घना हुँदा सबै भन्दा बढि भाईरल बनेको थियो ।

फेशबुकमा फोटो राखेर हार्दि श्रद्धाञ्जली दिनेहरुले त्यो गीतलाई प्रयोग गरेका थिए । उसो त भण्डारीले गायको यो गीत मात्रै लोकप्रिय होईन अरु धेरै गीतहरु उत्तिकै प्रिय छन् । पछिल्लो समयमा नायक भण्डारी अभिनयमा उभिन थालेका छन् । भण्डारी र साया भण्डारीको अभिनय रहेको ‘कहाली’ बोलको गीत सार्वजनिक भएको छ ।

मालती डिजिटलको प्रस्तुतीमा हरिकला बिसीको ‘कहाली’ गीतमा करिश्मा बिसी र मोहन बिसीले आवाज दिएका छन् । गीतको लय नेत्र भण्डारी र शब्द सन्ध्या केसीले रचना गरेकी हुन । कपिल लामाको निर्देशन र अमर शाक्यको सम्पादनमा निर्माण गरिएको म्युजिक भिडियोको छायाँङकन राजेश घिमीरेले गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्