Logo

सडक दुर्घटनामा दशको मृत्यु



क्यानाडा ११ बैशाख । क्यानाडाको ठूलो सहर टोरोन्टोमा सोमबार भएको एक सडक दुर्घटनामा परी दश व्यक्तिको मृत्यु भएको छ ।  एक व्यक्तिले भाँडामा लिएको भ्यान पैदल यात्रुको लागि बनाइएको मार्गमा लगि जथाभावी रुपमा ठक्कर दिदा कम्तीमा १० जना मारिएका छन्। । यस घटनामा परी अन्य १५ जना घाइते भएका बताइएको छ । प्रहरीका अनुसार यो एक योजनाबद्ध आक्रमण हो ।

प्रत्यक्षदर्शीअनुसार चालकले पैदलमार्गमा तीव्रगतिमा भ्यानलाई जोतेको र त्यसपछि कैयौं पटक सडक र पैदलमार्गमा ल्याउने लैजाने गरेका थिए  सेतो रंगको उक्त भ्यानले दिउँसोको खाना खाने समयमा पैदल यात्रुले भरिएको उत्तरी टोरोन्टोको बाहिरी क्षेत्रमा पैदलमार्गमा गएर व्यक्तिहरूलाई ठक्कर दिएको थियो ।

प्रत्यक्षदर्शीहरूका अनुसार उक्त भ्यान तीव्र गतिमा अघि बढ्दै बारम्बार सडक र पैदलमार्गमा आउने जाने गरेको अवस्थामा सडकमा पैदल यात्रामा रहेका व्यक्तिहरुको चिच्याएको आवाज सुनिएको थियो ।

प्रहरीले यस अवस्थालाई नियन्त्रणमा लिई गोली नचलाई भ्यानका चालकलाई पक्राउ गरी हिरासतमा लिएका छन् । यसैबीच टोरोन्टोका मेयरले धैर्यता देखाउन व्यक्तिहरु अपिल गर्नु भएको छ । सरकारी अधिकारीहरुले पनि यस हमलालाई योजनाबद्ध भनेका छन्। ।

विश्वका ठूला अर्थतन्त्र भएका जी७ आवद्ध देशका विदेशमन्त्रीहरूको बैठक चलिरहेको टोरोन्टोको मुख्य क्षेत्र भन्दा १६ किलो मिटर टाढा यो घटना भएको हो । यो हमला उक्त बैठकसँग सम्बन्धित भए नभएको हालसम्म पुष्टि भएको छैन । विश्वका अन्य भागमा इस्लामिक स्टेट समूहले यस्तै प्रकृतिका हमला गराउने गरेका छन्।, तर पछिल्ला समयहरुमा यस्ता आक्रमणहरुको उद्देश्य स्पष्ट हुने गरेको छैन ।



प्रतिक्रिया दिनुहोस्