Logo

दशजना विद्यार्थीको अभिभावकत्व ग्रहण



नेपालगञ्ज, १३ वैशाख । बाँके जिल्ला खजुरा गाउँपालिकाका १० जना बालबालिकाको यहाँका १० जना कार्यालय प्रमुखले अभिभावकत्व ग्रहण गरेका छन् ।बाँकेका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले त्यस गाउँपालिकास्थित जनसेवा माविमा कक्षा ९ का बलबहादुर सुनारको अभिभावकत्व ग्रहण गर्नुभएको छ ।

सोही विद्यालयमा अध्ययनरत अन्य नौजनालाई महिला तथा बालबालिका कार्यालय प्रमुख शोभा शाह, क्षेत्रीय निर्वाचन अधिकारी वसन्तराज अधिकारी, निमित्त शिक्षा एकाइ प्रमुख गोर्खबहादुर थापा, जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक टेकबहादुर तामाङ लगायतका कार्यालय प्रमुखहरुले एक-एक जना विद्यार्थीको अभिभावकत्व ग्रहण गर्नुभएको छ ।

विद्यालयका प्रधानाध्यापक शोभाकुमारी रेग्मीका अनुसार, उहाँहरुले बालबालिकाहरुलाई झोला र स्टेशनरी सामग्री हस्तान्तरण गर्दै अभिभावकत्व ग्रहण गर्नुभएको हो ।

अभिभावक गुमाएका बालबालिकाको अभिभावकत्व ग्रहण गरेर आफुहरुले समाजमा सकारात्मक सन्देश दिने प्रयास गरेको प्रजिअ केसीको भनाइ थियो ।अभिभावकत्व ग्रहण गर्नुभएको कार्यालय प्रमुखहरुले आफ्ना–आफ्ना छरछिमेकका बालबालिकालाई विद्यालय भर्ना गरि हरेक बालबालिकालाई शिक्षाको पहुँचमा पु¥याउने काममा सहयोग गर्न आग्रह समेत गर्नुभएको छ ।



प्रतिक्रिया दिनुहोस्