Logo

ढुक्क हुनुस्, जेठ १५ गतेभित्र पार्टी एकता हुन्छ : नेपाल



वैशाख २३, काठमाण्डौ । नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले माओवादीसँगको एकता प्रक्रिया अन्तिम चरणमा पुगेको दाबी गरेका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै नेपालले छिटै एकता हुने दाबी गरे । आगामी जेठ १५ गतेभित्र पार्टी एकता हुने दाबी नेपालको छ ।

“धेरै ढिलो भयो भने पनि जेठ १५ गते भित्र एकता हुन्छ । त्यसबेलासम्म एकता हनुपर्छ, हुन्छ । धेरै विषय मिलिसकेको छ । केही कुरा अब मिलिहाल्छ ।”-नेपालले भने ।

माओवादी अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीबिचको छलफलले नमिलेका धेरै विषय मिलिसकेको बताउँदै उनले पार्टी एकता हुने कुरामा ढुक्क हुन आग्रह गरे । दुई दलबीचको एकतालाई कसैले पनि रोक्न नसक्ने नेपालको दाबी छ ।

जस्तोसुकै समस्या भए पनि शीर्ष तहमा बसेर समस्या समाधान गरिने उनले बताए ।



प्रतिक्रिया दिनुहोस्