काठमाडौं २५ बैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुईदिने राजकीय भ्रमणका क्रममा यसअघि प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणमा भएका जलमार्ग, रेलमार्ग र कृषिमा साझेदारीसम्बन्धी सहमतिलाई सम्झौतामा परिणत गरिने भएको छ ।
जनकपुर, बैशाख २५ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुईदिने राजकीय भ्रमणका क्रममा यसअघि प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणमा भएका जलमार्ग, रेलमार्ग र कृषिमा साझेदारीसम्बन्धी सहमतिलाई सम्झौतामा परिणत गरिने भएको छ ।
बैशाख २८ मा नेपाल आउन लागेका मोदी र ओलीले ती समझदारी र सम्झौतामा हस्ताक्षर गर्ने जानकारी परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले दिएका हुन् ।
‘प्रधानमन्त्री ओलीको भारत भ्रमणका क्रममा भएका केही घोषणाहरु छन्’, मन्त्री ज्ञवालीले सोमबार जनकपुरमा मोदीको भ्रमण तालिका सार्बजनिक गर्दै भने,‘ती सहमति र घोषणालाई समझदारी र सम्झौतामा रुपान्तरण गर्ने कार्यक्रम तय भएको छ ।’
ओलीले चैत अन्तिम साता गरेको भारत भ्रमणका क्रममा दुई देशबीच रेलमार्ग, जलमार्ग र कृषिमा साझेदारी गर्ने सहमति भएको थियो । –कान्तिपुर दैनिकबाट