काठमाडौं, २५ बैशाख । रियालिटी स्टार एवम् अमेरिकी नायिका किम कार्दशियनको पहिरन चर्चा कुनै नौलो कुरा होइन । किम पहिरनको मामलामा सधै अरुलाई टक्कर दिन माहिर छिन् । सोमबार बेलुकी उनले लगाएको पहिरन र उनको हट अवतारले सामाजिक संजालदेखि मिडियामा निकै चर्चा पाइरहेको छ ।
सोमबार बेलुकी ‘मेट गाला’को रेड कार्पेटमा पुगेकी किमले निकै आकर्षक पहिरन लगाएकी थिइन् । गोल्ड गाउनमा खुलेकी किमको साथमा उनका पति भने थिएनन् ।
३७ बर्षकी यी सुन्दरीको आकर्षणले सबैको ध्यान खिचेको थियो । रेड कार्पेटमा थुप्रै हलिउड सुन्दरीहरु पुगेका थिए । ‘मेट गाला’को रेड कार्पेट सुन्दरीहरुको पहिरनका कारण सधै चर्चामा रहन्छ ।