Logo

चलचित्र ‘झमक बहादुर’ को ट्रेलर ‘मुम्बई एक्सप्रेस’ को  हुबहु !



काठमाडौं, २६ बैशाख । अनुप विक्रम शाही पर्दा फरक फरक भूमिकामा देखिने अभिनेता हुन् । कहिले डरलाग्दो भिलेन त कहिले पण्डितको भूमिकामा समेत उनी देखिसकेका छन् । हरेक फिल्ममा उनी भएपछि लिड हिरोलाई थ्रेट हुन्छ भनिन्छ । र, यस्तो भएको पनि छ ।

वजनदार आवाज र स्टाइलिस लुक्सका कारण उनको डिमाण्ड पछिल्लो केही वर्षयता छोइसक्नु छैन । अहिले अनुप एक फिल्मबापत झण्डै १० लाखसम्म बुझ्ने गर्दछन् । खलपात्रमा सबैभन्दा बढी रुचाइएका उनी हिरो बन्दा भने चल्न सकेका छैनन् । केही फिल्ममा उनी पोजेटिभ भूमिकामा नदेखिएका होइनन् तर ती सबै पत्तासाफ भए । पछिल्लो पटक फिल्म कृु मा निर्वाहा गरेको भूमिकाका कारण चर्चामा रहेका उनी अचेल पैसामुखी बन्दैछन् । पैसाको तौल बढी भए उनी हत्तपत्त कुनै पनि फिल्म हातबाट फुस्काउँदैनन् ।

फिल्म झमक बहादुरु यसको ताजा उदाहरण हो । सोमवार मात्र यस फिल्मको ट्रेलर सार्वजनिक भएको छ । ट्रेलर रिलिजसँगै फिल्मको चर्को आलोचना भइरहेको छ । उता अनुप पनि दर्शकको निशानामा परेका छन् । कारण, यो फिल्म दक्षिण भारतीय फिल्म मुम्बई एक्सप्रेसु को फोटोकपी हो, जुन यस फिल्मको ट्रेलर नै बोल्छ ।

अहिले ‘कप्स’ को छायांकनमा व्यस्त अनुपले कथावस्तु राम्रो लागेका कारण झमक बहादुरु मा काम गरेको बताउँछन् । तपाईलाई चोरीको कथा भन्ने समेत पत्तो भएन भन्ने सञ्चारकर्मीको प्रश्नमा उनी भन्छन्, मैले त्यो फिल्म २ वर्ष अगाडि गरेको हुँ । मलाई सधै फरक फरक भूमिका निर्वाहा गर्न मनपर्छ । झमक बहादुर मा पनि मलाई मेरो क्यारेक्टर मन पर्‍यो अनि गरेँ ।

क्यारेक्टर मन परेपनि झमक बहादुरको मेकिङबाट सन्तुष्ट नभएकोमा उनको भनाई छ । कहिले काहीँ मेकरले धोका दिने गर्दछन् । कहिले काहीँ काममा चुकिन्छ पनि । सबै काम राम्रो हुन्छ भन्ने पनि छैनु, उनी भन्छन्, स्क्रिप्ट पढे अनुसार चाहिँ मलाई यो फिल्म कपी हो जस्तो लाग्दैन । तर फिल्म हो काहीँ न काहीँ पक्कै मिलिहाल्छ ।ु

झमक बहादुरको ट्रेलर मुम्बई एक्सप्रेससँग हुबहु मिल्छ । युट्युबमा ट्रेलर हेरेका अधिकांश दर्शकले पनि कमेन्टमा फोटोकपी फिल्म भन्दै बादविवाद गरिरहेका छन् । तर, अनुप भने आफ्नो फिल्मको बचाउमा देखिन्छन् । उनी आफू चोखो बन्न झमक बहादुर फोटोकपी फिल्म भन्न सकिरहेका छैनन् ।

यसमा अनुप मुम्बई एक्सप्रेसमा कमल हसनले निर्वाहा गरेको भूमिकामा देखिएका छन् । कान नसुन्ने र सोझो पात्रको रुपमा उनी यस फिल्ममा प्रस्तुत छन् । उक्त फिल्मलाई भोमन कटुवालले निर्देशन गरेका हुन् ।

मुम्बई एक्सप्रेसबाट प्रभावित भएर केकी अधिकारीले हाल प्रदर्शनरत फिल्म कोहलपुर एक्सप्रेस निर्माण गरेकी छिन् । यो फिल्मको अन्त्यमा भने मुम्बई एक्सप्रेसु बाट इन्स्पायर्ड भनेर लेखिएको छ । के अब झमक बहादुर ले नेपाली अनुवाद भनेर लेख्ला ? हेर्न बाँकी छ । साभार



प्रतिक्रिया दिनुहोस्