Logo

ओली-मोदीद्धारा जनकपुर–अयोध्या–जनकपुर बस सेवा उद्धघाट्न



जनकपुर, २८ वैशाख । सीताको जन्मस्थल जनकपुर र रामको जन्मस्थल अयोध्यासम्म शुक्रबारबाट बस सेवा सुरु भएको छ । जनकपुरधामको जानकी मन्दिरबाट अयोध्या जाने बस सेवाको प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हरियो झण्डा देखाएर संयुक्त रुपमा शुभारम्भ गरेका छन् ।

शुक्रबार जनकपुरबाट प्रस्थान गरेको बसलाई शनिबार उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथले अयोध्यामा स्वागत गर्नेछन् । सीता र राम रामायणको प्रमुख पात्र हुन् जसलाई हिन्दूहरुले भगवानको रुपमा पुज्ने गर्दछन् । त्रेता युगमा जनकपुरका राजा जनककी छोरी सीताको बिहे भारत अयोध्याका रामसँग भएको थियो । त्यसको स्मरण गर्दै हरेक वर्ष रामनवमीको दिन अयोध्याबाट रामको जन्ती आउने र सीतालाई बिहे गरेर लैजाने परम्परा अझै कायम छ ।

रामको ससुराली जनकपुरबाट बस सेवा सुरु भएपछि जनकपुर पनि ‘रामायण सर्किट’मा औपचारिक रुपमा जोडिएको छ । रामायण सर्किटअन्तर्गत अब हरेक वर्ष भारतको अयोध्यामा ‘जनकपुर महोत्सव’ र जनकपुरमा ‘अयोध्या महोत्सव’ गर्ने योजना छ ।



प्रतिक्रिया दिनुहोस्