काठमाडौं, २८ बैशाख । डमरुको डण्डिवियोका कलाकारहरुले स्नो मञ्जुश्री स्कुल स्वंयम्भुुका भुकम्प पिडित परिवारका केटाकेटी र दुर्गम भेगमा पढ्नबाट वञ्चित अनाथ विद्यार्थीहरुलाई राष्ट्रिय खेल डण्डिवियोको बारेमा प्रशिक्षण दिएका छन् । मुलुकका दुर्गम भेगमा पढ्नबाट वञ्चित १०१ जना विद्यार्थीहरु रहेको उक्त स्कुलमा कलाकारहरु पुगेका छन् ।
विद्यार्थीहरुलाई डण्डिवियो सिकाउनको लागि कलाकारहरु बुद्धि तामाङ, विनोद गुरुङ, चिन्तन गुरुङ, नमिता घिसिङ, मिश्री थापा अशान्त थापा, अंकित खड्का लगायतको उपस्थिति रहेको थियो । कलाकारहरुले राष्ट्रिय खेल भएकाले यस खेलको बारेमा नयाँ पुस्तामा पुस्तान्त्ररण गर्नुपर्ने बताउँदै आएका छन् ।
विनोद गुरुङ नर्वु छिरिङ घलेको लगानीमा निमार्ण भएको चलचित्र डम्बरुको डण्डिबियोको प्रचारको रुपमा विद्यालय समेत सिकाउन थालिएको छ । यो चलचित्र ७५ प्रतिशत लम्जुङ्को घले गाउँमा गरिएको निमार्ण पक्षले यस अघि नै बताईसकेको छ ।
छेतेन गुरुङको निर्देशन रहेको ‘डमरुको डण्डीबियो’ को कथा कलाकार खगेन्द्र आफैंले लेखेका हुन् । यो फिल्म वर्ष २०७५ को बैशाख २१ गतेबाट देशभर प्रदर्शनमा छ ।
फिल्ममा कलाकार अनुप बराल डण्डीबियो प्रशिक्षकको भूमिकामा देखिएका छन् । उक्त फिल्ममा अंकित खड्का, अशान्त शर्मा, मिश्री थापा, नमिता घिसिङ, इंगि होपू कोइंच सुनुवार लगायतको पनि अभिनय छ ।
समृद्धि इन्टरटेन्मेन्टको ब्यानरमा विनोद गुरुङ र नोर्बु छिरिङ घलेको लगानीमा निर्माण भएको फिल्मको ७५ प्रतिशत छायांकन लमजुङको घले गाउँ र बाँकी काठमाडौंमा भएको हो ।
प्रितम पाण्डेको सम्पादन, कालीप्रसाद बाँस्कोटाको संगीत, रिकेश गुरुङ, विद्या तिवारी र कालीको गायन रहेको फिल्मलाई हरी हुमागाइँले खिचेका हुन् ।