Logo

जनकपुरमा पत्रकार धमलाको क्रेज, सेल्फी खिच्ने भीड



जनकपुर, २८ बैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमणको रिपोर्टङ्मिा जनकपुर गएका पत्रकार ऋषि धमलालाई फ्यानहरुले घेरेका छन् । धमला जहाँ छन्, त्यहाँ उनीसँग फोटो खिच्ने युवाहरुको ताँती नै लागेको थियो ।

जनकपुर विमानस्थलमा ओर्लिएदेखि नै पत्रकार धमलासँग फोटो खिच्नेहरुको भीड नै लाग्ने गरेको थियो । युवाहरुमात्रै होईन, जनकपुरका बयोवृद्धाहरुलेपनि

धमलासँग सेल्फी खिचेका थिए । पत्रकार धमलाले मधेश र मधेशी जनताका विषयमा भरपुर बहस गरेको भन्दै उनीहरुले खुलेर प्रशंसा गरेका थिए । पत्रकार धमलाको नेपाली रेडियो नेटर्वकको कार्यक्रम नेपाली बहस र जनता चाहन्छन भन्ने कार्यक्रम तराईमा निकै लोकप्रिय छन् ।



प्रतिक्रिया दिनुहोस्