काठमाडौं, २८ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच वान टू वान वार्ता भएको छ । काठमाडौं बत्तीसपुतलीको द्वारिकाज होटलमा ओली र मोदीबीच वार्ता भएको हो ।
दुई प्रधानमन्त्रीबीचको एक्लाएक्लै वार्ता सकिएपछि दुई देशका प्रतिनिधिमण्डलबीच छलफल हुनेछ । शुक्रबार साँझ नै दुई प्रधानमन्त्रीले संयुक्त रुपमा अरुण तेस्रो जलविद्युत आयोजनाको शिलान्यास गर्ने तयारी छ ।