Logo

भारतीय नम्बर प्लेटको ट्रकमा आगजनी



काठमाडौं ३० बैशाख । धादिङमा दुई वटा भारतीय नम्बर प्लेटको ट्रकमा आगजनी भएको छ । धादिङको धुनिबेशी-६ चालिसे बजारमा दुई वटा २० चक्के ट्रकमा बिहान २ः३० बजेको समयमा आगलागी भएको प्रहरीले जानकारी दिएको छ ।

आर जे ४२ जी ए ५०२१ र आर जे ४२ जी ए ०७५६ नम्बर प्लेटको गाडीमा आगजनी भएको हो । आगलागीबाट गाडी पूर्ण रुपमा जलेर नष्ट भएको छ । आगो कसले लगायो भन्ने यकिन भएको छैन । विप्लव नेतृत्वको नेपाल कम्याुनिष्ट पार्टीका कार्यकर्ताले आगो लगाएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

गाडी सडक छेउमा राकेर राखिएको थियो । प्रहरीका अनुसार गाडी चालक र गाडी अन्य सदस्य गाडी रोकेर बास बसिरहेका थिए ।



प्रतिक्रिया दिनुहोस्