Logo

प्यूठानमा रात्री बस दुर्घटनाः ५ जनाको दुर्घटनास्थलमै मृत्यु



प्यूठानमा रात्री बस दुर्घटना ह’Fदा ५ जनाको दुर्घटनास्थलमै ज्यान गएको छ ।  महेन्द्रनगरबाट प्यूठानको खलैगा जाँदै गरेको ना ४ ख १८७६ नम्बरको महाकाली यातायातको बस रात्री बस सरुमारानी गाउँपालिका ४ पाकुरीखालामा दुर्घटना भएको हो । बड्डाँडाबाट २ किमि उत्तरमा हेडलाइट र स्टार्ट बन्द भएपछि बस दुर्घटना भएको घाइतेले समाचारपत्रलाई बताएका छन ।

बस विहान २ बजेतिर सडकबाट २ सय मिटर तल खसेको बताइएको छ । दुर्घटनास्थलबाट अहिले सम्म ५ जनाको शव फेला परेको छ । चालक वीरबहादुर चौधरीको मात्रै सनाखत भएको प्रहरीले जनाएको छ । घाईते २० जना मध्ये ४ जनालाई उपचारका लागि बुटवल पठाइएको छ ।  १६ जनाको जिल्ला अस्पताल प्यूठानमा उपचार भइरहेको छ । १२ जनाको अवस्था lचन्तजनक रहेको प्रहरीको भनाई छ । अहिले पनि उद्धार कार्य जारी छ ।



प्रतिक्रिया दिनुहोस्