Logo

मोदीको नेपाल भ्रमण सफल :अध्यक्ष राणा



काठमाडौं, ३१ वैशाख । राप्रपा–प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमशेर राणाले नेपालसँग सम्बन्ध सुधार गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आएको बताए ।

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले भने,“मोदीजीले आफू प्रधानमन्त्रीको रुपमा भन्दापनि प्रधान तिर्थयात्रीको रुपमा नेपाल आएको भन्नुभएको थियो, र उहाँ जनकपुर आउनुभयो, मुक्तिनाथ जानुभयो, त्यसपछि पशुपतिनाथको दर्शन गर्नुभयो।”

अध्यक्ष राणाले मोदीले तीन पटकसम्म नेपालको भ्रमण गर्नुले नै नेपालसँग सम्बन्ध सुधार गर्न चाहेको स्पष्ट हुने बताए । उनले भने,“अहिले मोदीको नेपाल भ्रमणको प्राथमिकता भनेको नै द्धिपक्षीय सम्बन्ध सुधार गर्नु हो।”

मोदीले बेलैमा विदेशमन्त्री सुष्मा स्वराजलाई नेपाल भ्रमणमा पठाएको र आफू पनि बेलैमा नेपाल आएकोले नेपाल र भारतबीचको सम्बन्ध सुधार्न सफल भएको राणाको दाबी छ । उनले भने,“नेपालले पनि हिन्तुस्तानसँग राम्रो सम्बन्ध राख्नुपर्छ।”

जोसकुै क्षमतावान प्रधानमन्त्रीले दुई देशबीचको सम्बन्ध बिग्रिन नदिने उनको भनाई छ । मोदीको नेपाल भ्रमणले द्धिपक्षीय सम्बन्ध राम्रो भएको राणाले जनाए । मोदीको भ्रमण सफल भएको उनको दाबी छ ।



प्रतिक्रिया दिनुहोस्