Logo

वीर अस्पतालमा धुर्मुसको कमाल, २० दिनपछि मुहार फेर्ने (भिडियोसहित)



काठमाडौं, ३१ वैशाख । काठमाडौंको मुटुमा रहेको वीर अस्पतालमा अहिले चर्चित कलाकार सिताराम कट्टेल धुर्मुस, सफाई अभियन्ता खेम शर्मा सरसफाईको काममा जुटिरहेका छन् ।

अहिले रङरोगन गर्न धुर्मुस तथा अरु मर्मतसम्भार र सरसफाइ गरी अन्य संरचना टल्काउने काममा शर्मा आफैँ सहभागी भैरहेका छन् । बिहान, दिउँसो र राति गरी तीन ‘सिफ्ट’ मा काम भइरहेको छ, प्रायः रातिको सिफ्टमा उनीहरु आफै खट्छन । उनीहरुका साथ करीब १०० मजदूर कार्यरत छन् । सरसफाइमा ३० र रङरोगनमा ७० कामदार खटेका छन् ।

https://youtu.be/oZ2I2M0dAp4

स्वास्थ्य मन्त्रालयको अगुवाइमा गत आइतबारदेखि शुरु भएको वीर अस्पताल सरसफाइको नेतृत्व नेपालमा सफाइका क्षेत्रमा कार्यरत खेम्स क्लिनिङका अध्यक्ष एवम् वाग्मती सफाइ अभियानकर्मी खेम शर्मा र नेपाल सरकारद्धारा सरसफाइदूत घोषित कलाकार धुर्मुसले गरेका छन ।

अभियानका अन्य सहयोगी मा वाग्मती सफाइका अर्का अभियानकर्ता अर्जुन धरेल र टंक आचार्य छन् । राज्यमन्त्री पदमा अर्यालसँगै शर्मा र धुर्मुसले गत आइतबार वीर अस्पतालको चर्पी सफाइ गरेर अभियानको शुरुआत गरिएको हो ।

आज हाम्रा सहकर्मी मुकुन्द कालिकोटे सँगको कुराकानीमा धुर्मुसले भने, यो अस्पतालको १२८ वर्षे लामो ईतिहाँस छ, यो पूरानो, बुढो र सम्पूर्ण सेवा सुविधा दिने अस्पताल हो । तर यो भित्रको अवस्था देख्दा हामी सबै चिन्तित हुन्छौं । आफूहरु स्वास्थ्यमन्त्रीकै पहलमा अस्पतालको सरसफाईमा जुटेको उनको भनाई छ ।

अबको २० दिनभित्र अस्पतालको मुहार आफूहरुले फेर्ने पनि कट्टेलले जानकारी दिए । उनले भने, अब तपाईहरु २० दिनपछि यहाँ आउँदा थाहा पाउनुहुन्छ, यसको हामी मुहार फेर्छौ।

तस्विर तथा भिडियो : मुकुन्द कालिकोटे 



प्रतिक्रिया दिनुहोस्