Logo

चर्चित फुटबलर मणि शाहको निधन



काठमाडौँ,  ३१ वैशाख : चर्चित फुटबल खेलाडी मणि शाहको सोमबार साँझ निधन भएको छ । नर्भिक अस्पतालमा उपचाररत उनको मृत्युको अस्पताल स्रोतले पनि पुष्टि गरेको छ ।

सन् १९९३ को दक्षिण एसियाली खेलकुदमा नेपालले स्वर्णपदक जित्दाका प्लेमेकर रहेका ५१ वर्षीय शाहको केही वर्षअघि लिभरमा समस्या देखिएको थियो। त्यसैले उनी पटक–पटक उपचारका लागि अस्पताल धाउने गरेका थिए।

मनाङमर्स्याङदी क्लबका पूर्वखेलाडी शाहको पार्थिव शरीरलाई श्रद्धान्जलीका लागि मंगलबार दशरथ रंगशाला परिसरमा बिहान ९ बजेदेखि ११ सम्म राखिने र त्यसपछि आर्यघाट लगिने एन्फाले जनाएको छ।

शाहलाई आज बिहान ५ बजेदेखि भेन्टिलेटरमा राखिएको र साँझ १७:४२ बजे चिकित्सकले मृत घोषणा गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) का मानार्थ उपाध्यक्ष शिक्षित पारजुलीले बताए। राष्ट्रिय टोलीका पूर्व कप्तान शाहको उपचारको सम्पूर्ण खर्च एन्फाले बेहोरिरहेको छ।

उनलाई ‘नेपाली म्याराडोना’को नामले पनि चिनिन्छ ।

 



प्रतिक्रिया दिनुहोस्