Logo

कांग्रेसका पुनः जन्म कर्णाली प्रदेशबाट शूरुः नेता पौडेल



विश्वनाथ सिम्खाडा

कालिकोट, १ जेठ। नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौड्यालले पार्टीलाई पुर्नजन्म दिन कर्णाली प्रदेशबाटै अभियान शूरु गर्न लागेको बताएका छन् ।

आज कालिकोट काँग्रेसले गरेको जिल्ला भेलालाई सम्बोधन गदै नेता पौड्यालले नेपाली काँग्रेससले ३ वटै तहको निर्वाचनमा व्यहोर्नु परेको हारलाई लिएर अब पाटी सुदृढ तथा विस्ताार गर्न पहिले कर्णाली प्रदेशबाटै पार्टीको पुनःजन्म दिन अभियानमा जुटेको बताएका हुन ।

उनले भने,‘नेपाली काँग्रेसले पंच्चायतकालको अधिनायकवादबाट मुक्ति दियो राणशासनको अन्त्य गर्दै अहिले देशको मुल कानुन बनायो र ३ वटै तहका निर्वाचन पनि सम्पन्न नेपाली काँग्रेसले गरेको भन्दै नेपाली कांगे्रसको संगठनले हारेको हो तर सिद्धान्तले हारेको छैन् ।’

नेता पौड्यालले अब पार्टीमा गुट तथा उपगुट अन्त्य भएको भन्दै अबको ५ वर्षमा जनताका आवश्यक्तालाई मध्यनजर गरि बहुमतको मत पाउने गरि जनतामाझ जाने बताएका छन् ।

उनले भने,‘पार्टीले व्यहोर्नु परेको हार देशका २ मुख्य पार्टीहरुको गठबन्धन र आफ्नै पार्टीको गुट तथा उपगुटले गर्दा निर्वाचनमा पराजय व्यहोर्नु परेको हो।’

त्यस्तै भेलालाई सम्बोधन गर्दै पुर्वमन्त्री तथा पार्टीका केन्द्रीय सदस्य हृदयराम थानीले नेपाली कांग्रेस लोकतन्त्रको रक्षार्थ बनेको पार्टी भएको जिकिर गरेका छन् ।

एनले भने,‘कांग्रेसले सधै अधिनायकवाद शासन व्यवस्थालाई उल्ट्याउने र सरकारमा बसेर निरंशुसाशन लाद्ने काम कसैबाट भयो भने त्यसको खुलेर बिरोध गर्ने पार्टी हो, त्यसैले हामी लोकतन्त्रमा विश्वास राख्छौं, लोकतन्त्र खतरामा पर्न नदिनको लागि गाउँबस्तिबाट कांग्रेसमा जागरण ल्याउनुपर्छ ।’

उनले अघि थपे, ‘नेपाली काँग्रेस प्रतिपक्षमा छ, प्रभावकारी भूमिका खेल्ने कुरामा कुनै शंका नगर्दा हुन्छ, गलत बाटोमा सरकार हिडेको खण्डमा प्रतिवादगर्न कांग्रेस तयार छ ।’

कार्यक्रममा नेपाल तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीले दुई पटक चुनाव हारे पनि कालिकोटलाई सुन्दर र समृद्ध बनाउने अभियानमा निरन्तर लागि रहने बताएका छन् ।

उनले भने,‘मैले दुई पटक चुनाव हारेको छु तर हाम्रो जिल्लालाई सुन्दर र समृद्ध बनाउने काममा निरन्तर लागि रहने छु ।’

तस्बिर विष्णु न्यौपाने



प्रतिक्रिया दिनुहोस्