काठमाडौं, २२ बैशाख । नेपाली कांग्रेसका युवा नेता गगन कुमार थापाले आफूहरुले अहिले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई कुनै अप्ठ्यारोमा पार्न नचाहेको स्पष्ट पारेका छन् ।
उनले भने,‘हामी सरकारलाई कुनै अप्ठ्यारोमा पार्न चाहँदैनौं, तर म के सचेत पार्न चाहन्छु भने तपाईहरुसँग कुनै बहाना छैन, तपाईले अब काम गर्नुपर्छ।’
https://youtu.be/S14XZBL9lLQ
प्रधानमन्त्री ओली र माओवादी केन्द्रका अध्यक्षविरुद्ध निकै आक्रमक रुपमा प्रस्तुत भएका नेता थापाले कांग्रेसले यो सरकारलाई अब एउटापनि बहाना बनाउन नदिने चेतावनी दिए ।
उनले थपे,‘हामी यो सरकारलाई प्रत्येक काममा सहयोग गर्छौं, कहीँपनि अप्ठ्यारो पार्दैनौं, सरकारले जहाँ भन्यो त्यहीँ मद्दत गर्छौं, तर जनतालाई परिणाम चाहिएको छ, गफ होईन्।’