Logo

प्रधानमन्त्रीको सम्पत्ति दुइबर्षमा कति थियो, कति बढ्यो ?



काठमाडौं १० जेठ ।
दुई वर्षमा ओलीको स्वआर्जन ४१ लाख

प्रधानमन्त्री केपी ओलीका नाममा एभरेष्ट बैंकमा ४२ लाख, माछापुछ्रे बैंकमा ४ लाख र प्रभु बैंकमा ६ लाख गरी जम्मा ५२ लाख बचत छ । तर, दुई वर्षअघि श्रीमती राधिकाको नाममा १४ लाख र केपी ओलीको नाममा एभरेष्ट बैंकमा ७ लाख गरी २१ लाख मात्र थियो ।

यसरी दुई वर्षमा ३१ लाख नगद थपिएको छ । त्यस्तै, अघिल्लोपटक श्रीमती राधिका शाक्यले राष्ट्रिय बचतपत्रमा १५ लाख लगानी गरेको उल्लेख थियो । यसपालि २५ लाखको राष्ट्रिय बचतपत्र किनेको जनाएका छन् । यसरी प्रधानमन्त्रीको खातामा ३१ लाख नगद र १० लाखको सेयर थपिएको छ । यसको स्रोत के हो ? उनले भनेका छन् : स्वआर्जन ।

ओलीकी श्रीमती राधिका शाक्यको नाममा भक्तपुरमा साढे एक रोपनी जग्गामा तीनतले घर र झापामा १० कट्ठा जमिन छ । त्यस्तै, अहिले प्रधानमन्त्रीसँग करिब १८ तोला सुनका गरगहना छन्, दुई वर्षअघि ०७२ मा प्रधानमन्त्री हुँदा ओलीसँग करिब १४ तोला सुन थियो । नगदसहितका घरघडेरी र जग्गालाई उनले स्वआर्जन भनेका छन् । नयाँपत्रिकाबाट



प्रतिक्रिया दिनुहोस्