Logo

प्रधानमन्त्री ओलिले सांसदका प्रश्नको जवाफ दिदै



काठमाडौं १३ जेठ । काठमाडौं । प्रधानमन्त्री केपी ओलीले नीति तथा कार्यक्रम माथि उठेको प्रश्नको आज जवाफ दिनुहुने भएको छ । संघीय संसद्का प्रतिनिधिसभा र राष्ट्रियसभामा सांसदहरुले उठाएका प्रश्नहरुको आज जवाफ दिेछन् बिहान ११ बजे बस्ने प्रतिनिधिसभा र हिउँसो १ बजे सुरु हुने राष्ट्रियसभाको बैठकमा प्रधानमन्त्रीले जवाफ दिने कार्यक्रम रहेको संघीय संसद् सचिवालयका सहायक प्रवक्ता केशव अर्यालले जानकारी दिए ।

गएको सोमबार राष्ट्रपतिले संघीय संसद्का दुवै सदनमा आगामी आर्थिक वर्षका निम्ति प्रस्तुत गर्नु भएको थियो । नीति तथा कार्यक्रममाथि दुवै सदनमा करिब २ सय सांसदले भनाई राखेका छन् । छलफलका क्रममा सांसदहरुले राखेका जिज्ञासाको जवाफ प्रधानमन्त्रीले दिन लागेका हुन् ।



प्रतिक्रिया दिनुहोस्