Logo

यौन तथा प्रजनन् स्वास्थ्य अधिकार महिलाको संवैधानिक अधिकार होः मन्त्री थापा



काठमाडौं, १४ जेठ । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका मन्त्री थममाया थापामगरले महिलाको यौन तथा प्रजनन् स्वास्थ अधिकार नेपालको संविधानद्धारा नै प्रदत्त गरेको संवैधानिक अधिकार भएको बताउनु भएको छ ।

विश्व महिला स्वास्थ्य अधिकार दिवसको उपलक्ष्यमा महिला मानव अधिकार रक्षकहरुको राष्ट्रिय सञ्जालको संयोजकत्वमा महिला अधिकारका क्षेत्रमा काम गरिरहेका ओरेक नेपाल, महिला एकता समाज, महिलाका निम्ती महिला मञ्च, अपांग महिला संघको संयुक्त आयोजनामा गरिएको छलफल कार्यक्रम मन्त्री थापाले उक्त कुरा बताएकि हुन् ।

परम्परामा आधारित हिंसाका कारण महिलाको यौन तथा प्रजनन् स्वास्थ्यमा प्रभाव पारिहेको बताउँदै उपयुक्त नीति बनाउने प्रतिबद्धता ब्यक्त गर्नु भएको थियो ।

समाजमा रहेका यस प्रकारका समस्याको समाधान गर्नको लागि स्थानिय तहसँग रहकार्य गरेर अगाडी जान सक्दा गैरसरकारी संघ संस्थाले संचालन गर्ने अभियान प्रभावकारी हुने सुझाब समेत दिनु भएको थियो ।

यौन तथा प्रजनन् स्वास्थ्यको विषय स्वास्थ्य मन्त्रालय बाहेकको पनि विषय हो । महिलाको यौन तथा प्रजनन् स्वास्थ्य अधिकार स्थापना गर्नको लागि हानिकारक परम्परागत अभ्यासका विरुद्धमा छाता कानुन

निर्माणको आवश्यकता डा. रेणु अधिकारी

कार्यक्रममा बोल्दै महिला मानव अधिकार रक्षकहरुको राष्ट्रिय सञ्जालका अध्यक्ष डा. रेणु अधिकारीले “महिला स्वास्थ्यको कुरा गर्दा, त्यसमा पनि प्रजनन् स्वास्थ्यको कुरा गर्दा धेरैको बुझाई यो स्वास्थ्य मन्त्रालयको कुरा हो भन्ने लागेको तर यौन तथा प्रजनन् स्वास्थ्य अधिकारको कुरा सबै मन्त्रालयको विषय” भएको बताउँदै यौन तथा प्रजनन् स्वास्थ्य अधिकारको मुख्य गरि समाजमा रहेको विभेद र महिलालाई हेर्ने हानिकारक परम्परामा आधारित हिंसाको कारण भएको बताउनु भएको थियो ।

यस प्रकारको हिंसाको अन्त्यको लागि महिनावारी वा बोक्सी प्रथा मात्र नभएर सबै प्रकारका हानिकारक परम्परामा आधारित हिंसा बिरुद्ध छाता कानुन निर्माण गर्न ढिलो भईसकेको बताउनु भएको थियो ।

यौन तथा प्रजनन् स्वास्थ्यको क्षेत्र बृहत छ

कार्यक्रममा कार्यपत्र प्रस्तोताहरुले यौन तथा प्रजनन् स्वास्थ्यले सन्तानोत्पादन गर्ने उमेरका व्यक्तिहरुको समस्याहरुलाई मात्र नहेरी यसले बाल्यकाल, किशोरावस्था र सन्तानोत्पादन गर्ने उमेर पुरा गरेका व्यक्तिहरुको स्वास्थ्यलाई र जीवनयापनका तौर तरिका,पोषण साथै वातावरणलाई समेट्ने हुदाँ प्रजनन् स्वास्थ्यको क्षेत्र वृहत भएको बताउँदै विपन्नताका कारणले सुकुम्बासी,अव्यवस्थित समुदायमा बसोबास गर्ने महिला, अपाङ्गता भएका महिला र मनोरञ्जन क्षेत्रमा काम गर्ने महिलाहरु प्रजनन् स्वास्थ्यको अवस्था गम्भिर भएको बताउनु भएको थियो ।

कार्यक्रमा महिला आयोगका सचिव अनिल ठाकुरले आफ्नो धारणा राख्नु भएको थियो भने अपांगता भएका महिलाहरु, सुकुम्बासीमा काम गरिहेका महिलाहरु तथा मनोरन्जनका क्षेत्रमा काम गरिहेका महिलाहरुले भोगिरहेका समस्याका विषयमा छलफल भएको थियो ।



प्रतिक्रिया दिनुहोस्