Logo

हुम्लामा रर्लिङ पर्व भव्यरुपमा मनाइँदै



हुम्ला, १५ जेठ । सिमीकोट गाउँपालिकाअन्तर्गत वडा नं ३, वरगाउँमा पर्ने रर्लिङ गुम्बामा यही जेठ ११ गतेदेखि आजसम्म बौद्ध धर्मावम्बीबाट यहाँ मनाइने ठूलो पर्व रर्लिङ पर्वमा पूजापाठ गरिएको छ ।

विभिन्न ठाउँबाट आएका ४१ जना पुजारीहरुले बिहानदेखि पूजापाठ गरेको अध्यक्ष एवं पुजारी बुम्दोर्जे लामाले जानकारी गराउनुभयो ।

उक्त मेलामा सुरक्षा व्यवस्था सोमबारदेखि नै मिलाइएको कुरा सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले जानकारी दिनुभयो । हुम्ला जिल्लाका हिन्दूहरुको पनि सो परम्परागत मेला भर्न हजारौँको भीड लागेको छ । रासस



प्रतिक्रिया दिनुहोस्