काठमाडौं, १६ जेठ । पछिल्लो समय सन्थाली चलचित्र निर्माण गरेर चर्चामा आएका झापा बिर्तामोड नगरपालिका–२ चारपाने निवासी किरण खतिवडाको भारतमा पनि चर्चा सुरु हुनथालेको छ ।
आफ्नै इन्सापायर मिडिया प्रोडक्सन हाउस प्रालिद्धारा निर्मित सन्थाली चलचित्र बनोदल केही महिना अघि भारतको झारखण्डमा भएको फिल्म फेस्टिबलमा विभिन्न विधामा अवार्ड हासिल गरेपछि निर्देशक तथा अभिनेता खतिवडाको भारतमा चर्चा हुन थालेको हो ।
अवार्डले प्रदान गरेको हौसलालाई सदुपयोग गर्दे किरणले हिन्दी चलचित्र ‘तुझसा जमि पे काहा’ बलिउडबाट निर्माण गर्न सम्पूर्ण वैधानिक प्रक्रिया पुरा गरेर नेपाल कै पहिलो हिन्दी फिल्म निर्माताको नाम नेपाली ईतिहासमा राख्ने तरखरमा रहेकोले पनि उनको वलिउडमा बढि चर्चा हुन थालेको हो ।
भारतका विभिन्न राज्य र नेपालका विभिन्न प्रदेशमा छायङ्कन गरिने ठुलो पर्दाको हिन्दी चलचित्र तुसा जमिके कहाँ किरणकै प्रोडक्सन हाउसबाट निर्माण हुन लागेकोमा चलचित्र निर्माता जिया मरहठा पनि फिल्म सफलहुने प्रति आशावादी रहेकी छन ।
सह निमार्ता हरि थापा, अनुप खड्का र राम आसरा, कार्यकारी निमार्ता अशोककुमार जैवल, पदम थापा, मधु सोरेन, लाइन प्रोडुक्सर त्रिविक्रम थापा, अमर श्रेष्ठ र अंकित वंशल रहेका छन् । त्यस्तै एसोशिएट प्रोडुक्सर वेस कार्की तथा पुजन कार्की रहने र कोरियोग्राफि करिस्मा कार्की र अभिनयमा नवकलाकार डिपल र सिसमको अभिनय रहने बताइएको छ ।
स्वयम आफैं पनि मुख्यभुमिकामा उत्रर्ने तयारी गरेका किरणले बनाउन लागेको चलचित्र सामाजिक जनचेतनामा आधारित हुने निर्माता जिया मरठाले जानकारी दिएकी छन् । अनुमानित भारतीय रुपैयाँ ३५ करोडसम्मको लगानीमा बन्ने उक्त चलचित्रको भारत र नेपालमा चर्चा चुलिएको छ ।