Logo

बजेटले बढायो टेलिफोनको सेवा शुल्क



काठमाडौं १७ जेठ । सरकारले नयाँ बजेटमार्फत दूरसञ्चार सेवा दस्तुर (टिएससी) बढाएपछि आम उपभोक्ताको टेलिफोन खर्च बढ्ने भएको छ ।

सरकारले मंगलबार आर्थिक वर्ष ०७५/७६ को बजेटमार्फत दूरसञ्चार सेवा प्रदायकले ग्राहकबाट लिने दूरसञ्चार सेवा दस्तुर १३ प्रतिशत पु¥याएपछि प्रत्येक कलको शुल्क बढ्ने भएको हो ।

यसअघि ११ प्रतिशत रहेको दूरसञ्चार सेवा दस्तुर दुई प्रतिशत बिन्दुले बढाइएको आर्थिक विधेयक २०७५ मा उल्लेख छ ।

दूरसञ्चार सेवा दस्तुरलाई दुई प्रतिशत बिन्दुले बढाउँदा ग्राहकको कलमा पनि केही बृद्धि हुन सक्ने नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले बताए । –नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्