Logo

कर्णाली प्रदेशका खेलाडीहरुले पोसाक नपाएको गुनासो



काठमाडौं, २३ जेठ । ३ सय १० औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा कर्णाली प्रदेशबाट सहभागी हुने खेलाडीहरुले पोसाक नपाएको गुनासो गरेका छन् । राष्ट्रिय गेममा सहभागी हुन काठमाडौं पुगेका कर्णाली प्रदेशका खेलाडीहरुले पोशाक नपाएको गुनासो गरेका हुन् ।

भलिबल, कबडी, एथ्लेटिक्सका खेलाडीहरु पोशाक बिना राष्ट्रिय गेममा सहभागी हुने तयारी गरीरहेका छौं प्रदेशका खेलाडीहरुको नेतृत्व गरेका राष्टिय खेलाडी जीवन शाहीले भने पोशाक बिना खेल्न दिने नदिने रेफ्रीको हातमा छ ।

हामी मनोमानी रुपमा राष्ट्रिय गेम खेल्न आएका होइनौं, कर्णाली प्रदेशको तर्फबाट सहभागी हुन आएका हौं, न प्रदेश सरकारले यसमा चासो दियो, न राष्ट्रिय खेलकुद परिषदले । उनले भने ‘खेत बेचेर प्रदेशको नाममा हामी खेलाडीहरु कसरी पोशाकको ब्यबस्था गर्ने ?’

खेलकुद बिकास समिति शुर्खेतका अध्यक्ष चन्द्र गिरिलाई फोन सम्पर्क गर्दा खेलडी र त्यो टिमको नेतृत्व गर्नेले आफु सँग समन्वय नगरेको बताए । यो जिम्मेवारी आफ्नो नभई राष्ट्रीय खेलकुद परिषद र सदस्य एबम् दसौं राष्ट्रपती रानीङ शिल्डकि सन्योजक शान्ति सिङको रहेको उनले भने ।

शान्ति सिङ सँग फोन सम्पर्क गर्दा बजेटको समस्या परेको र जिम्मेवरी आफ्नो नभई रस्ट्रीय खेल्कुद परिषदको भन्दै आफ्नो जिम्मेवारी सुर्खेत सम्म मात्रै रहेको उनको भनाई छ ।

अन्य प्रदेशहरुले सबै ब्यबस्था गरी खेलाडीहरुको मनोवल बढाएर पठाएका छन्, हाम्रो प्रदेशले यसरी बेवास्ता गरेकोमा दुखेसो ब्यक्त गर्दै शाहीले खेल क्षेत्रमा प्रदेश सरकार उदासिन देखिएको समेत आरोप लगाए ।



प्रतिक्रिया दिनुहोस्