Logo

इद र बकर इदमा सार्वजनिक बिदादिन माग



काठमाडौं, २३ जेठ । मुस्लिम विधार्थी संघ नेपालले सरकारलाई मुस्लिम समुदायका दुई ठुला पर्व इदुल्फित्र (इद) र इदुल्अिज्हा (बकर इद) का दिन सार्वजनिक बिदादिन माग गरेको छ ।  एक विज्ञप्ती जारी गरेर सरकारले आफ्ना मागहरुको सुनुवाई नगरेर संघर्षमा उत्रिन बाध्य हुने बताएको छ ।

                                                                              जारी विज्ञप्ती

मुलुकमा लोकतन्त्र प्राप्तिका लागि नेपाली जनताले अथक मेहनत प्रयास र कुर्बानी दिएको कुरा हामी सम्पुर्णलाई अवगत नै छ । नेपालको तथ्याङ्क विभागले २०६८ सालमा गरेको जनगणनाका आघारमा पनि मुस्लिम समुदाय देशको तेस्रो ठुलो धर्म भएको हामि सवैलाइ स्पष्ट छ ।

२०६८ साल पछि अहिले सम्म आइपुग्दा नेपालको कुल जनसंख्याको झण्डै १० प्रतिशत मुस्लिम समुदाय रहेको विभिन्न संघ–संस्थाहरुको अघ्ययनले देखाएको छ। देशमा लोकतन्त्र, गणतन्त्र र नया संबिधान आईसक्दा पनि मुस्लिम समुदायले यसको आभाष गर्न नपाउनु दुखद रहेको छ। बहुदलमा आधारित नेपाली समाज र हाम्रो संविधान अनुरुप मुलुक भित्रका हरेक अल्पसंख्यक धार्मिक, सांस्कृतिक समुदायहरुको भावनाहरुलाई सरकारले आफ्नो निति कार्यक्रम र व्यवहारमा देखाउनु पर्दछ।

नेपालको लामो अस्थिरता र संघर्ष पछि प्राप्त संघिय लोकतान्त्रीक गणतान्त्रिक संविधानको जगमा बनेको पहिलो स्थिर सरकारको काम कारवाहीहरु जनताले नजिकबाट नियालिरहेका छन्।

गणतन्त्र प्राप्तिका लागि मुस्लिम समुदायले देशलाई दिएको कुर्वानीलाइ राज्यले लत्याएर सम्पुर्ण मुस्लिम समुदायलाई दोस्रो दर्जाको नागरिक लाई जस्तो व्यवहार गरेकोमा मुस्लिम विधार्थी संघ, नेपाल घोर भत्सना व्यक्त गर्दछ।

नेपालमा मुस्लिम समुदायको एउटा बेग्लै इतिहास छ। र परापुर्व काल देखि नै आफ्नो अस्तित्व जोगाइराखेको छ। त्यसका निम्ति मुस्लिम समुदाय कुनै शक्ति भएर उदाउने प्रयत्न गरेन। सधै असल नागरिकका रुपमा प्रस्तुत भइ रह्यो ।

मुस्लिम समुदायले देशमा भएका हरेक परिवर्तन लाई आत्मसाथ गर्दै आयो। देशमा हरेक व्यवस्थाहरु फेरीए तर हाम्रो समुदाय प्रति हेर्ने दृष्टिकोण फेरीएन।

कुनै पनि धार्मिक समुदायहरुको आस्थाका पर्वहरु ठुलो उत्साह हो। उत्साहका दिन आफ्नो नातागोता छरछिमेक, इष्टमित्र, विभिन्न धार्मिक समुदायसंग एकता भाइचारा सौहाद्र्ध कायम गर्ने माध्यम तथा एक आपसमा खुसी साटासाट गर्ने दिन हो।

उत्साह पर्वकै दिन सरकारी कार्यालय, अड्डा अदालत धाउन परे वा यहि दिन स्कुल-कलेज हरुको परिक्षा दिन प¥यो भने यस्ता पर्वहरु उत्साहित भएर मनाउन सक्दैनन्, र सम्पुर्ण समुदाय र विधार्थीहरुको मस्तिष्कमा हालको सरकारले गरेको विदा कटौती बाट व्यक्तिगत नकरात्मक असर र कम्युनिष्ट सरकार बारे पनि नकरात्मक असर पर्न जाने कुरा अवगत गराउन चहान्छौ जुन हाल सम्म कुनै पनि कम्युनिष्ट बारे देखा परेको थिएन।

समुदाय र विधार्थीहरुको मानसिकतामा असर नपु¥याउने गरी सरकारले मुस्लिम समुदायका दुई ठुला पर्व इदुल्फित्र (इद) र इदुल्अिज्हा (बकर इद) का दिन सार्वजनिक विदा घोषणा गरियोस् भनि जोरदार माग गर्दछौँ । अन्यथा संघर्षमा उत्रिन बाध्य हुने जानकारी गराउदछौँ।

संयोजक

रहिम मिया

मुस्लिम विधार्थी संघ, नेपाल



प्रतिक्रिया दिनुहोस्