काठमाडौं, २४ जेठ । सुपरस्टार रजनीकान्तको आउँदै गरेकोे फिल्म ‘काला’लाई प्रर्दशनको एक दिन अगाडी ठुलो राहत मिलेको छ । सर्वोच्चअदालतले फिल्मको प्रर्दशनमा लगाएको रोक फुकुवा गरिदिएको छ । न्यायाधीश द्धय एके गोएल र अशोक भूषणको ईजलासले के एस राजशेखनको रिटमाथी सुनुवाई गर्दे प्रर्दशनको मार्ग प्रसस्त गरिदिएका छन ।
जसमा राजशेखनले फिल्मको प्रदशनमा रोक लगाईपाउँ भनि निवेदन दिएका थिए । न्यायधिसले राजेशखनका तर्फबाट मुद्दा लडिरहेका वकिलसंग भने ‘तपाई फिल्ममा रोक लगाउन चाहानु हुन्छ हरकोहि फिल्म प्रर्दशनको प्रतिक्षामा छन।’
राजशेखनले मद्रास उच्च अदालतको २ जेठको सुनुवाई विरुद्र् सर्वच्चमा रिट दर्ता गराएका थिए। जस्मा प्रर्दशन प्रतिबन्ध माथिको सुनुवाईका लागी अषाढ २ को समयसिमा दिइएको थियो ।
फिल्म निर्माताले आफ्नो अनुमतिबिना फिल्मका दृष्य तथा गीत संम्वन्धी उनका काम को प्रयोग गरेको प्रतिलिपी आफुसंग सुरक्षित रहेको निबेदकले दाबीगरेका छन।
‘काला’को ट्रेलर जेठ १३ मा सार्वजनिक गरिएको थियो। जस्मा अभिनेता रजनीकान्त भष्टाचार विरुद्र् लडिरहेको देखीन्छ । फिल्ममा हुमा कुरैशी र नाना पाटेकरले पनि अभिनय गरेका छन । नाना पाटेकरले यस फिल्ममा गद्दार नेताको भुमिका निभाएका छन् ।