काठमाडौं, २५ जेठ । गायिका सावित्री जोशीले आफ्नो जन्मदिनमा विपन्न व्यक्ति र चेपाङ बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेकी छन् ।
चितवन स्थायि घर भएकी गायिका जोशीले जिल्लाको गाउँवेशी चेपाङ केन्द्रलाई २५ हजार मूल्य बराबरको शैक्षिक सामग्रीसँगै अन्य राहतका सामग्रीहरु प्रदान गरेको केन्द्रले जानकारी दिएको छ ।
पछिल्लो समयमा कलाकाहरु आफ्नो कलाकारितासँगै समाज सेवामा अग्रसर भएका छन् । मह जोडी होस् या धुर्मुस जोडी । नायिका रेखा थापा हुन या स्वेयता खड्का हुन ।
यस्ता धेरै प्रतिनिधि पात्रहरुले समाजमा आफ्नो प्रभावलाई जीवित बनाईरहेको स्थितिमा लोक तथा दोहोरी गायिकाको रुपमा परिचित सावित्री जोशी पनि समाज सेवामा संलग्न भएकी छन् ।
त्यस्तै हिजो बिहबार नै चितवनको रत्न नगर नगरपालिका वडा नम्बर ९ गडेउलीका फिर्ला महतोलाई घर बनाउनको लागि २० हजार रुपैयाँ समेत प्रदान गरेकी छन् । कलाकारहरुका यस्ता कार्यले समाजमा सकारात्मक सन्देश दिने कुरा बाहेक राज्यलाई समेत जिम्मेवार बनाउने काममा साहयोग पुग्छ ।
गायिका जोशीले चर्चामा आउनलाई नभएर आफूले जन्म दिनको अवसरमा गर्ने खर्चलाई कटाएर चेपाङ बालबालिका तथा विपन्न वर्गको छानो बनाउनको लागि सहयोग गरेको बताईन ।