काठमाडौं, २७ जेठ । भनिन्छ संसारमा उस्ता–उस्तै अनुहार भएका मानिसहरु धेरै भेटिन्छन । तर यो कुरामा सहमत हुने कमैमात्र हुन्छन् ।
हिन्दी समाचार माध्ययमका अनुसार एउटा त्यस्तै समाचार आएको छ, जुन खबरले तहल्का पिटेको छ ।
बलिउड जगतका सलमान खान, शाहरुख खान र आमिर खान त्यस्ता अनुहार हुन जसका उस्तै नक्कली अनुहारहरु देख्न पाईन्छ ।उनीहरुलाई पहिलो चोटि भेट्दा हरकोही मानिस झुक्किन सक्छ । त्यसैमा बलिउड अभिनेत्रीको कुरागर्दा कमै मात्र भेटिन्छन ।
दिपिका पादुकोनको चर्चा बेलाबखत हलिउड अभिनेत्री इरिनासँग हुने गर्दथ्यो । तर अब दक्षिण भारतिय फिल्मकी नायिकाको आगमनसंगै हलचल मच्चिएको छ । जो हुबहु दिपिका जस्तै देखिन्छीन ।
समाचार माध्ययमले लेखेका छन्, हामीजुन अभिनेत्रीको बारेमा कुरा गर्देछांै उनी हुन दक्षिण भारतिय फिल्मकी अभिनेत्रि अमाला पाल । यहाँ प्रस्तुत गरिएका तस्बिरहरु दिपिका पादुकोणका नभएर उनै अमाला पालका हुन ।
अमाला पालको जन्म २६ अक्टूवर १९९१ मा भएको थियो । भारतको केरलामा बस्ने आमाला २६ बर्षकी भईन । कलेज भर्ना हुनुभन्दा पहिले अलुवाको निर्मला उच्च माध्यामिक बिद्यालयामा पढाई गरेकी आमालाले सेंन्टटेरेसा कलेजबाट अङ्रेजी आमसंचारमा स्नातक गरेकी छिन । यसैबिच मलयालम डायरेक्टरले उनलाई देखेर आफ्नो आउँदै गरेको फिल्ममा साहायक अभिनेत्रीको भुमिकामा अनूबन्ध गरेका छन ।