![](https://reportersnepal.com/wp-content/uploads/2017/05/paisha-900x600.jpeg)
अछाम, २७ जेठ । साँफेबगर नगरपालिकाले जनप्रतिनिधिको तलबका लागि वार्षिक ८८ लाख ६८ हजार खर्च गर्ने भएको छ ।
प्रदेशसभा संसद्ले भर्खरै निवियोजन गरेको बजेट अनुसार नगरपालिकाको जनप्रतिनिधिको तलबका लागि वार्षिक ८८ लाख ६८ हजार छुट्याइएको हो ।
यसैगरी चौरपाटी गाउँपालिकाका जनप्रतिनिधिको तलबका लागि वार्षिक रु ४२ लाख ६० हजार खर्च छुट्याएको बताइएको छ । रासस