Logo

विश्वकप कसले जित्ला ? आ–आफ्नै दाबि



काठमाडौं, २८ जेठ । विश्वकप फुटवल २०१८ रुसमा १४ जूनबाट सूरुहुन गैरहेको छ । यो विश्वकप सूरुहुनुभन्दा पहिले हामी तपाईलाई केहि विश्वकप सम्वन्धी तथ्य र धटना जानकारी गराउन चाँहान्छौं, जसले तपाई विश्वकपको संसारलाई अझबढि नजिकबाट जान्न सजिलो हुनेछ ।

यसपटक हुनगैरहेको विश्वकप २१ औँ विश्वकप हो । यसपटक विश्वकपमा जम्मा ३२ टिम छन । आइसल्याण्ड र पानामा पहिलो पटक विश्वकप खेल्न गैरहेका छन । ब्राजिल एकमात्र देशहो जसले सबै विश्वकप खेलेको छ र सबैभन्दा बढि पाँच पटक बिश्व च्यामपियन भैसकेको छ ।

जर्मनी यसपटक यस्तो प्रतिक्षामा छ कि ब्राजिल र इटलीपछि लगातार दुईवटा विश्वकप बिजेता बन्ने मौका मिलोस । १९५८ र १९६२ मा ब्राजिल अनि १९३४ र १९३८ मा इटली लगातार दुई पटक विश्व बिजेता बनेका थिए ।

जर्मनी पछिल्ला तीन विश्वकप खेलमा सबैभन्दा बढि गोल गर्ने देश हो । जर्मनीले २००६ मा १४, २०१० मा १६ र २०१६ मा १८ गोल गरेको थियो । रुसका ओलेक सालेंको एक विश्वकप खेलमा सबैभन्दा बढि गोलगर्ने खेलाडी हुन । उनले १९९४ मा क्यामरुन बिरुद्धको खेलमा पाँच गोलगरेका थिए ।

पछिल्लो विश्वकप करिव ३.२ अरब जनताले प्रतक्ष तथा अप्रतक्ष रुपमा हेरेका थिए । यो लगभग संसारको आधा जनसंङ्ख्या हो । जतिपनि देशले आजसम्म विश्वकप जितेका छन् सबै टिमका प्रशिक्षक सोहि देशका थिए ।

रुस (सोभियत संध होईन) विश्वकपमा कहीले पनि समुह चरणसम्म पुग्न सकेन । सायद यसपटक धरेलु मैदानको फाईदा लिनेछ । २०१८ को विश्वकप नाइजेरियाको लागि छैठौं विश्वकप हुुनेछ । दक्षिण कोरिया १० औ पटक विश्वकप खेल्न गैरहेको छ । यति चोटी कोही पनि एशियालि देश विश्वकप खेल्न योग्य रहेनन् ।

आइसलेण्ड विश्वकपमा भागलिने सबैभन्दा सानो देश हो । जसको कुलजन सङ्ख्या ३ लाख ३४ हजार छ । नजिते पनि नेदरल्याण्ड सबैभन्दा बढि विश्वकप खेल्न देश हो तर नेदरल्याण्डले यस पटकको विश्वकप खेल्ने मौका पाएन । पानामाका राष्ट्रपतिले आफ्नो फुटवल टिम विश्वकप खेल्न योग्य भएकोे खुसियालिमा ११ अक्टुवरमा राष्ट्रिय बिदाको धोषणा गरेका थिए । बीबीसी हिन्दी



प्रतिक्रिया दिनुहोस्