Logo

निजामती सरह सुविधा दिन विद्यालय कर्मचारी परिषद्को माग



काठमाडौं, ०१ असार । नेपाल विद्यालय कर्मचारी परिषदका अध्यक्ष बहादुर खड्काले संघीयता अनुरुपको शिक्षा ऐन बनाउँदा सबै कर्मचारीहरुको न्याय र संरक्षण हुनेगरि ऐन बनाउँन सरकारसँग माग गरेका छन् ।

रिपोर्टर्स क्लब नेपालमा नेपाल विद्यालय कर्मचारी परिषदले गत जेठ ३० र ३१ गते राजधानीमा सम्पन्न भएको पाँचौ महाधिवेशनको बारेमा जानकारी दिन आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष खड्काले यस्तो माग गरेका हुन ।

उनले भने,‘सरकारले साउन १ गतेबाट लागू गर्न लागेको शिक्षा ऐनमा विद्यालय कर्मचारीलाई निजामती कर्मचारी सरह सेवा सुविधा उपलब्ध गराउने खालको ऐन ल्याउनुपर्छ, हामी पनि राष्ट्र सेवक हौं, सबै राष्ट्र सेवकहरुको संरक्षण हुनेगरि संघीय शिक्षा ऐन निमार्ण गरिनु पर्छ, आजको आवश्यकता पनि यहि हो ।’

अध्यक्ष खड्काले सार्वजनिक शिक्षाको गुणस्तरको लागि सरकार, शिक्षक, अभिभावक र ऐन नियमहरु प्रभावकारी हुनुपर्नेमा जोड दिएका छन् । उनले भने, ‘सार्वजनिक शिक्षाको गुणस्तरको बारेमा अरुलाई दोष दिएर उम्किन कसैले मिल्दैन, सबैले आफ्नो स्थानबाट शिक्षालाई माथि उठाउँन प्रयास गर्नुपर्छ, पछिल्लो समयमा सार्वजनिक शिक्षाको पहुँच राम्रो हुँदैछ, यसलाई कसरी अझै राम्रो बनाउने भन्ने तर्फ लाग्नुपर्छ ।’

परिषदले संघीय शिक्षा ऐनमा निजामती कर्मचारी सरहको सेवा सुविधा प्राप्त गर्न असार मसान्तभित्र ‘काठमाडौं जाउँ अभियान’ चलाउने, शिक्षा ऐन आठौं संशोधन ०६३ बाट विद्यालय कर्मचारी सम्बन्धि गरिएको व्यबस्थाले विभेद गरिएको र आगामी ऐन न्यायपूर्ण हुनुपर्ने, आम विद्यालय कर्मचारीहरुको स्थायित्वका लागि संघीय प्रदेश तथा स्थानीय सरकारको दायित्व बोध गराउँन देशै भरी विभिन्न सघर्षका कार्यक्रम सार्वजनिक गरेको छ ।

गत जेठ ३० र ३१ गते राजधानीको थापाथलीमा सम्पन्न पाँचौ राष्ट्रिय महाधिवेशनद्धारा चयन भएको नयाँ नेतृत्व यस प्रकार रहेको छ ।

  नेपाल विद्यालय कर्मचारी परिषद

 मिति- २०७५-०३-०१

च. नं. ९४

                                                                         प्रेस विज्ञप्ति

हाम्रो संगठन नेपाल विद्यालय कर्मचारी परिषदको पाँचौ राष्ट्रिय सम्मेलन ‘संघिय, प्रदेश तथा स्थानिय सरकारको दायित्व, आम विद्यालय कर्मचारी वर्गको स्थायित्व’ भन्ने मुल नाराका साथ काठमाण्डौंको अन्नपुर्ण चुल्हो थापाथलीमा मिति २०७५ जेठ ३० र ३१ गते नेपाल शिक्षक महासंघका राष्ट्रिय समिति अध्यक्ष श्री बाबुराम थापा ज्यूको प्रमुख आतिथ्यतामा भव्य एवं सानदार रुपमा सम्पन्न भएको महाधिवेशनवाट तपशिल बमोजिमको ४३ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गरिएकाले सो विषय सार्वजनिक गर्न यो प्रेस विज्ञप्ती जारी गरिएको छ ।
तपशिल

१. बहादुर खड्का- अध्यक्ष
२. डोलराज शर्मा पौडेल बरिष्ठ उपाध्यक्ष
३. सशी कुमार के.सी. बरिष्ठ उपाध्यक्ष
४. सपना वज्राचार्य महिला उपाध्यक्ष
५. राम प्रकास कुमाई उपाध्यक्ष
६. बालकृष्ण न्यौपाने ”
७. रामअधिन ठाकुर ”
८. रामशरण फुयाल ”
९. गोविन्द घर्ती ”
१०. देव बहादुर भण्डारी ”
११. प्रदिप श्रेष्ठ महासचिव
१२. लोकनाथ पाण्डे उपमहासचिव
१३. लक्ष्मण दत्त भट्ट उपमहासचिव अर्थ
१४. दिपक खड्का सदस्य
१५. विमल कुमार राई ’
१६. गोपाल बहादुर खड्का ’
१७. श्याम घिमिरे ’
१८. अमलमाया चौधरी ’
१९. रविन कुमार यादव ’
२०. पदमलाल गौतम ’
२१. दामोदर शर्मा पौडेल ’
२२. धन बहादुर रावत ’
२३ भगवती तामाङ ’
२४. प्रेम बहादुर खत्री ’
२५. मान बहादुर कार्की ’
२६. दुर्ग बहादुर मल्ल ’
२७. वसन्त बहादुर गुरुङ ’
२८. लोक बहादुर सिंह ’
२९. लक्ष्मी चौधरी ’
३०. ओमजङ्ग रोकाया ’
३१. मिनराज डाँगी ’
३२. दोर्नजंग जोशी ’
३३. खड्क बहादुर वि.क. ’
३४. डम्वर वली ’
३५. गंगाराम तिवारी ’
३६. तेज बहादुर वस्नेत ’
३७. मदन कुमार वस्नेत ’
३८. दिलिप न्यौपाने ’
३९. प्रेम जि.सी. ’
४०. पूर्ण बहादुर बुढा ’
४१. बुद्धिनाथ पाण्डे ’
४२. कृष्ण प्रशाद थारु ’
४३. प्रमोद गौतम ’

       …………                                                                                                             …………….
महासचिव                                                                                                                  अध्यक्ष
     प्रदिप श्रेष्ठ                                                                                                           बहादुर खड्का



प्रतिक्रिया दिनुहोस्