Logo

आर्थिक चलखेल नभएको दाहालको दावि



काठमाडौं, ०१ असार । नेपाल ट्रेड युनियनको महाधिवशनको चुनावमा कुनै आर्थिक चलखेल नभएको अध्यक्षका प्रत्यासी खिला दाहाल समूहले स्पष्ट पारेको छ ।

यसअघि अध्यक्षका प्रत्यासी पुस्कर आचार्य समूहले पैसाको चलखेल भएको आरोप लगाएपछि दाहाल समूहले त्यसको खण्डन गर्दै कुनै आर्थिक चलखेल नभएको स्पष्ट पारेको हो ।

दाहाल समूहबाट खुल्ला उपाध्यक्षका प्रत्यासी डीपी अर्यालले बन्दक बनाएका चिया बगानका मजदुर प्रतिनिधीहरुलाई छुटाउन जाँदा उल्टै आर्थिक चलखेलको आरोप लगाइएको बताउनु भयो ।

‘पुस्कर आचार्य समूहले बगानका मजदुर प्रतिनिधीहरुलाई केहि दिनदेखि बन्दक बनाएर राखिएको रहेछ,’ उहाँले भन्नुभयो( ‘मजदूरलाई भेट्न जाँदा आर्थिक चलखेलको आरोप लगाइयो ।’

उहाँका अनुसार काठमाडौं महानगरपालिकाका अधिकृत तथा दाहाल समूहबाट खुल्ला केन्द्रीय सदस्यका प्रत्यासी रामप्रसाद पौडेलले व्यक्तिगत प्रयोजनको पैसा निकाल्नु भएको थियो ।

तर, उहाँसहितको टोली चिया बगानका मजदुर प्रतिनिधीहरुलाई भेट्न जाँदा मदिराले मात्तिएका चिया वगान संघका अध्यक्ष दिपक तामाङ सहितका प्रतिनिधीहरुले धरपकड गर्दै अधिकृत पौडेललाई नियन्त्रणमा लिएका थिए । उनीहरुले अधिकृत पौडेलको साथमा रहेको पैसा निकाल्दै आर्थिक चलखेल भएको झुटो आरोप लगाएका हुन् ।

उल्टै आचार्य समूहले चिया बगानका मजदुर प्रतिनिधीलाई आपनो नियन्त्रणमा राखेर स्वतन्त्र मतदान गर्न पाउने अधिकार कुण्ठित गर्न खोजेको अर्यालको भनाई छ ।

हारको मानसिकताले आत्तिएर पुस्कर आचार्य समूहले महाधिवेशन प्रभावित पार्न विभिन्न प्रपोगाण्डा रचिरहेको दाहाल पक्षले दावी गरेको छ । उपाध्यक्षका प्रत्यासी अर्यालले भन्नुभयो, ‘उहाँहरु हारको मानसिकताले आत्तिनु भाछ, त्यसैले विभिन्न प्रपोगाण्डा रच्दै हुनुहुन्छ तर, त्यसले महाभिवेशनलाई कुनै प्रभाव पार्दैन ।’ खिला दाहाल निकै कुशल व्यक्तित्व भएको र चुनाव जिच्ने पनि निश्चित भएकोले पुस्कर आचार्य समूह आत्तिएको हो ।

यसैबीच, दाहाल समूहले आर्थिक चलखेलको आरोप लगाउँदै आफ्नो पक्षको बदनाम गर्न खोजेको भन्दै प्रहरीमा उजुरी दर्ता गराएको छ । व्यक्तिगत प्रयोजनका लागि साथमा रहेको पैसा खानतलासी गरी निकाल्दै आर्थिक चलखेल गरेको आरोप लगाएकोप्रति दाहाल समूहले आपत्ति जनाएको छ । आफ्नो समूहको चरित्रहत्या गर्न खोजेको भन्दै प्रहरीमा उजुरी समेत दर्ता गराएको हो ।



प्रतिक्रिया दिनुहोस्