Logo

नेकपाको पहिलो स्थायी समिति बैठक आज, यस्ता छन् एजेण्डा



काठमाडौं २ असार । नेपाल कम्युनिस्ट पार्टी (ने क पा)को स्थायी कमिटिीको पहिलो बैठक शनिबार प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीको सरकारी निबास बालुवाटारमा शनिबार बस्ने भएको छ ।

अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल प्रचण्डको सल्लाहअनुसार शनिबार दिउँसो बालुवाटारमा बैठक डाकिएको हो । बैठकमा प्रधानमन्त्री ओलीको आसन्न चीन भ्रमणका विषयमा एजेन्डा तय हुनेछन् । स्थायी कमिटीको यो बैठकलाई दुवै अध्यक्षले औपचारिक सम्बोधन गर्नेछन् ।

संगठनात्मक काम, तल्लो तहसम्मको एकीकरणको अभ्यासको गति, पार्टी सञ्चालन सम्बन्धी नियमावलीबारे पनि बैठकमा छलफल हुनेछ । त्यसअघि केन्द्रीय सचिवालय बैठक बस्नेछ । नेकपामा ९ सदस्यीय सचिवालय र ४५ सदस्यीय स्थायी कमिटी गठन भएको छ ।



प्रतिक्रिया दिनुहोस्