नुवाकोटे, २ असार । मेरो माइक्रोफाइनान्स बित्तीय सस्था लिमिटेडले आफ्नो ७६ औं शाखा नुवाकोटको बेलकोटगढि नगरपालिकामा स्थापना गरेको छ । बेलकोट नगरपालिका वडा ८ का वडाध्यक्ष भोज प्रसाद पुडासैनी र सस्थाका प्रमुख कार्यकारि अधिकृत रामहरि दाहालले शाखाको उद्घाटन गरेका हुन ।
उद्घाटन कार्यक्रममा मेरो माइक्रोफाइनान्स बित्तीय सस्था लिमिटेका प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालले आफ्ना ग्राहक वर्ग तथा अन्य सम्पूर्ण सरोकारवालाहरुका हितलाई ध्यानमा राखी बचत परिचालनका योजनाहरु ल्याउने र स्थानिय अर्थतन्त्रको विकासका लागी उत्पादन मुलक क्षेत्रको लगानीमा जोड दिनुका साथै अबको समय आत्मनिर्भरको रहेको बताए ।
नुवाकोटको बट्टारमा कर्पोरेट कार्यालय खोली हाल देशका ४६ जिल्लामा ७६ वटा शाखा कार्यालयहरुबाट ७२ हजार बढी ग्रामीण तथा बिपन्न घर परिवारहरुलाई समुदायमा आधारित लघु बचत कर्जा कार्यक्रम मार्फत लघु बित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।