Logo

मिसन सिन्धुलीगढि मोर्चाले दियो सशस्त्र विद्रोह गर्ने चेतावनी (भिडियोसहित)



काठमाडौं, ३ असार । मिसन सिन्धुलीगढि राष्ट्रिय मोर्चाका संरक्षक गोविन्द बोहरा ‘बह्रमाण्ड’ ले चिकित्सा विद्येयक खारेजीको माग राख्दै ५३ औं दिनदेखिको आमरण अनशनलाई स्थगन गरेको जानकारी दिएका छन् ।

मोर्चाका संरक्षक बह्रमाण्डले राजधानीको खुल्लामञ्ममा आज पत्रकार सम्मेलन गरेर सरकारले ५३ औं दिनसम्मको आमरण अनशनको कुनै वास्ता नगरेको भन्दै आमरण अनशनलाई थाँति राखेको बताए ।
सामाजिक अभियन्ता डा. गोविन्द केसी, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, सिके राउत र राजपाका नेता राजेन्द्र महतो देशको आवश्यक व्यक्ति नभएको भन्दै मोर्चाले उनीहरुबिरुद्ध कडा रुपमा प्रस्तुत हुने उनको चेतावनी समेत छ ।

संरक्षक बह्रमाण्डले भने,‘आन्दोलन कसैको लागि सकियो होला, हाम्रो लागि आन्दोलन सूरु हुँदैछ, राम्रो तरिकाले यो सरकार र सम्बन्धित व्यक्तिहरुले नसुन्ने रहेछन्, अब हामी सशस्त्र विद्रोहको लागि तालिमको बाटोबाट संठगनलाई परिचालित गछौं ।’

उनले अघि थपे, ‘हाम्रो सशस्त्र तालिमको उद्देश्य बैदेशिक शक्तिहरुका एजेन्टहरुलाई कारबाही गर्नु हो, नेपालमा रहेका बैदेशिक शक्तिका संरचना र त्यस संरचनाका पात्रहरुको अवसान गर्नु हो, नेपाललाई बैदेशिक शक्तिको चक्रव्युहबाट मुक्त गर्नु हो, यस अभियानमा साथ दिनको लागि सम्पूर्ण देशभक्त यूवाहरुलाई आग्रह गर्दछु ।’

https://youtu.be/Ul2Oo6nDcP4

विज्ञप्ती

मिति २०७५-३- ३ गते आइतवार ५३औ दिनसम्मको आमरण अनशन स्थगन सम्बन्धिको प्रेस बिज्ञप्ति मिसन सिन्धुलिगढी राष्ट्रिय मोर्चा नेपाल,हाम्रो पार्टी नेपाल – नेपालको एउटा भात्रु संगठन हो । यो सस्था आफैमा एउटा रास्ट्रवादी मोर्चा समेत हो । यो मोर्चाले विशेष गरेर नेपालको राज्य संयंत्रमा सूक्ष्म व्यवस्थापन सहित रहेर बसेको वैदेशिक शक्तीलाइ सस्थाले आफ्नो प्रमुख बिरोधी ठान्दछ । मिसन सिन्धुलिगढी राष्ट्रिय मोर्चा नेपाल,वैदेशिक शक्तिलाइ परास्त गर्न सशक्त जुझारु युवाहरुको लडाकु दस्ताको अनिवार्य आवस्यकता देख्दछ । अत त्यही आवस्यकता पूरा गर्न मिसन सिन्धुलिगढी राष्ट्रिय मोर्चा, नेपाल हाम्रो पार्टी नेपालको भात्रु संगठन को रुपमा बिकाश भएको हो । यो संगठन राष्ट्रिय स्वाधीनताको रक्षा, विधिको शासन, संबैधानिक सर्वोच्चता,मानव अधिकारको सुनिश्चितता र सामाजिक न्यायको स्थापनाको लागि सधै संघर्षरत रहेको समेत जानकारी गराउदछौ । मोर्चाले, कुनै पनि किसिमको रास्ट्रहित बिपरित हुने कार्यको बिरुद्द संघर्ष गरिरहने क्रममा ,हाल निक्कै जल्दोबल्दो बिषय चिकित्सा क्षेत्रमाथिको सिन्डिकेट सहितको प्रस्तावित चिकित्सा बिधयक २०७५ लाई खारेज गरियोस भन्दै शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारकालागि नेपाल सरकार समक्ष ८ बुदे माग राख्दै सरकारको ध्यानाकर्षण गरायो,सरकारले सुनेन । संविधानत: नेपाली जनताको पढ्न पाउने मौलिक अधिकार कुण्ठित भएको भन्दै जायज र न्यायपुर्ण मागहरुको सुनुवाइ सरकारले नसुनेको कारण थप शान्तिपुर्ण दबाब दिन काठमाडौ स्थित खुल्लामन्चमा मिति २०७५- १ -१३ गते दिनको ३ बजेबाट हामिले सरकार समक्ष ८ बुदे मागहरु राखि आमरण अनसन बस्यौ । तर पनि आज ५३ औ दिनसम्म पनि सरकारले कुनै सुनुवाइ नगरेको कारण यो भादा पनि सशक्त कडा भन्दा कडा आमरण अनशन मात्र नभई अब राजनीतिक संघर्ष भित्र पर्ने सम्पुर्ण किसिमको आन्दोलनको तयारिका निम्ति हाललाइ आजैका मितिबाट यो आमरण अनशनलाई स्थगन गर्ने निर्णय लिइएका छौ । अझै पनि झिनो आशा यो सरकारले चिकित्सा बिधयकलाइ खारेज गर्ने छ । र आगामी समयमा हामिले आन्दोलन गर्नु पर्ने छैन । तरपनी हाम्रो निचोड रह्यो, यो आमरण अनशनका मुख्य अवरोध कर्ता शिक्षा मन्त्री गिरिराज मणि पोख्रेल रहनु भयो । हामिलाइ प्राप्त जानकारी अनुसार प्रधानमन्त्रीले वार्ता कमिटी बनाएर छलफल गरि वास्तविक के हो बुझ्नु भन्ने निर्देशनलाई समेत शिक्षा मन्त्रीले वेवास्था गर्नु भएको छ । यसर्थमा भन्न सक्छौ शिक्षा मन्त्री स्वयम् शिक्षा क्षेत्रको सिण्डिकेटको पक्षमा हुनुहुन्छ । यसैलाइ हामिले निक्कै गम्भीर रुपमा लिएका छौ । अत शिक्षा क्षेत्रमा रहेको सिण्डिकेट जसरि पनि अन्त गर्ने यो मोर्चा प्रतिबद्दाता जनाउदछ ।अब अगाडि बढ्ने आन्दोलन र त्यस आन्दोलनबाट निस्कने सम्पुर्ण घट्नाको पहिलो जिम्मेवार हालका शिक्षा मन्त्री गिरिराज मणि पोख्रेलले लिनु पर्नेछ ।र आगामी समयमा यसै बिषयलाइ लिइएर पुन आन्दोलन गर्नु परेछ भने शिक्षा मन्त्री पनि वैदेशिक शक्तिको मतियार रहेको आरोप सहित नेपाल सरकार समक्ष उनलाइ मन्त्री पदबाट कारबाही गर्दै उनिमाथी पनि छानबिन हुनु पर्ने माग राख्दै कडा सडक संघर्ष गर्ने जानाकारी गराउदछौ ।अत आजसम्म हामिलाइ निरन्तर सबै किसिमको साथ सहयोग गर्नु हुने विशेष गरेर सिराह र सप्तरिका देखि याहा आइ सहयोग पुर्याउनु भएका सम्पुर्ण सहयोगी मित्रहरुमा आभार व्यक्त गर्दै , यसै प्रेस बिज्ञप्ति मार्फत संबंधित सरोकारवाला, मानव अधिकारवादी संघ जस्थाहरु, पत्रकार मित्रहरु एवम् नेपाललाइ आफ्नो आमा सम्झ्नु हुने आम नेपालीहरुमा धन्यवाद छ। नेपाल सरकार समक्ष राखिएका मागहरु । १) नेपालमा चिकित्सा शास्त्रको अध्यन अध्यापनका क्षेत्रमा कायम सिन्डिकेट प्रथा खारेज गरियोस् । २) बिपि कोइराला स्वास्थ बिज्ञान प्रतिष्ठान धरानलाइ मेडिकल विश्वविद्यालयको रुपमा परिणत गरियोस् । ३) नेपाली जनताको अहित र बिदेशी दलालको पक्षपोषण गर्ने नीति बमोजिम जारी गर्न तयारी गरिएको कथित राष्ट्रिय चिकित्सा शिक्षा बिधयक २०७५ तत्काल खारेज गरियोस् । ४) डा.गोविन्द केसि र नेपाल सरकारविच भएका सबै सम्झौता खारेज गरियोस् । ५) नेपाली बिद्यार्थिहरुलाइ बिदेश आपूर्ति गर्ने गराउने बिदेशीका दलाल कन्सल्टेन्सिहरु तत्काल बन्द गरियोस् । ६) एम.डि को सिट निर्धारणमा भ्रष्टाचार र अनियमितता गर्ने आइ.ओ.एमका डिन डा जगदीश अग्रवाललाई तत्काल छानबिन गरि अबिलम्ब कारबाही गरियोस् । ७) डा . गोविन्द केसि त्रिबि शिक्षण अस्पतालमा १४ पटकसम्म अनशन बसेका कारण अस्पताल र आइ.ओ.एमलाई भएको/पुगेको पुगेको नोक्सानी र निजले सो समयमा लिएको तलबभत्ता बारे छानबिन गरि अनियमित भएको रकम राज्यकोषमा दाखिला गराइयोस । ८) एम.बि.बि.एस, एम.डि लगायतको उच्च मेडिकल शिक्षा पढ्न नेपाली बिद्यार्थिलाइ रुस,चीन बङलादेश लगायत विभिन्न बाहिरि देशमा पढ्न जानको निमित्त बाध्यकारि अवस्थाको अन्त्य गरियोस् । सबै सरकारी र निजि मेडिकल कलेजमा सबैको सिट संख्या वृद्धि गरि, छात्रवृत्ति कोटाको प्रतिशत २५ प्रतिशत अनिवार्य गरियोस । नेपालमा नै चिकित्सा शास्त्रको उच्च अध्यन गर्ने नेपाली जनताको मौलिक हक अधिकारलाइ सुनिस्चित गरियोस् । अन्त्यमा- हामी चिकित्सा क्षेत्रमा कायम सिन्डिकेट हटाउन, आम सर्वसाधारण, पत्रकार, मानवअधिकारवादी, एवम् सरोकारवाला पक्ष सहित आम नेपालिहरुको, आगामी समयमा समेत निरन्तर साथ सहयोग र समर्थनको अपेक्षा राख्दछौ , धन्यवाद । जय देश,जय जनता, जय मिसन सिन्धुलिगढी । संयोजक -विजय थापा मिसन सिन्धुलिगढी राष्ट्रिय मोर्चा नेपाल

सम्पर्क 9840436647 / 9808211898



प्रतिक्रिया दिनुहोस्